‘म प्रधान न्यायाधीश छाड्दिन’


काठमाडौं – अन्तरिम चुनावी मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले प्रधान न्यायाधीश पदबाट राजीनामा दिनुपर्ने माग अस्विकार गरेका छन्। सिंहदरबारको हर्क गुरुङ हलमा बिघटित संविधानसभामा रहेका र नरहेका दलसहितको सर्वदलीय बैठकमा आफूलाई प्रधान न्यायाधीश छाड्न सुझाउने नेताहरुसँग उनले भने, ‘मैले प्रधान न्यायाधीशबाट राजीनामा नदिएका कारण निर्वाचन गराउन कुनै समस्या भए जस्तो लाग्दैन।’
दुवै पदमा रहँदा निर्वाचनमा अप्ठेरो नपर्ने जिकिर गर्दै उनले प्रस्ट्याए, ‘त्यसैले मैले राजीनामा दिइरहनु आवश्यक देखिँदैन।’
प्रधान न्यायाधीश भएकै कारण चुनावी सरकारको नेतृत्व गर्नुपरेको तर्क गर्दैै रेग्मीले बिनासर्त निर्वाचनमा जान दलहरुलाई आग्रह गरे।
न्यायपालिका र कार्यपालिका दुवैको प्रमुखमा एउटै व्यक्ति हँुदा निर्वाचनको माहोल नबन्ने भन्दै नेकपा माले र संघीय समाजवादी पार्टीले प्रधान न्यायाधीशबाट राजीनामा गर्न माग गरेपछि अध्यक्ष रेग्मीको भनाइ आएको हो। समाजवादीका अध्यक्ष अशोक राई र मालेका पोलिटब्युरो सदस्य दिननाथ घिमिरेले रेग्मीलाई प्रधान न्यायाधीश छाड्न भनेका थिए। कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनले पनि रेग्मीलाई प्रधान न्यायाधीश छाड्न भन्दै आएका छन्।
अध्यक्ष रेग्मीले सबै दललाई निर्वाचनमा सहभागी भएर वातावरण बनाई दिन आग्रह गरे। ‘मंसिर पहिलो साताभित्रै निर्वाचन गराउने प्रतिबद्धतासाथ सरकार लागेको छ, तपाईंहरुले सहयोग गरेर वातावरण बनाइदिनु पर्योा,’ रेग्मीको अनुरोध थियो।
एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले मंसिर पहिलो साताभित्रै चुनाव गराउने गरी वातावरण बनाउन सरकारसँग माग गरे। ‘मंसिर पहिलो साताभित्रै चुनाव गर्नुपर्छ, तत्काल मिति घोषणा गरौं,’ दाहालले भने, ‘त्यसका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र सरकारलाई हरकिसिमले सहयोग गर्न तयार छ।’
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने निर्वाचनकोसय दिनअघि मिति घोषणा गरे पनि फरक नपर्ने भन्दै मितिमा समस्या नभएको बताए।
यता, दाहालले संयन्त्रले सुझावबाहेक कुनै पनि खाले दबाब सरकारलाई नदिएको तथा सरकार स्व–विवेकले चलिरहेकेा दाबी गरे। ‘चार राजनीतिक शक्तिको कुनै पनि खाले सिन्डीकेट सरकारमाथि छैन, सरकार स्वविवेकले चल्छ,’ दाहालले भने। साना दलले चार राजनीतिक शक्तिले सिन्डिकेटका आधारमा राजनीति गरेको भन्दै आपत्ति जनाएपछि दाहालको सो प्रस्टोक्ति दिएका हुन्।
नेकपा एमाले अध्यक्ष झलनाथ खनालले संविधानसभा निर्वाचनका लागि प्रस्तावित १ प्रतिशतको ‘थ्रेसहोल्ड’ कायमै राखेर जान सरकारलाई पुनः सुझाए। खनालको प्रस्तावमा राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले पनि सहमति जनाए। ‘थ्रेसहोल्ड राख्दा केही फरक पर्दैन,’ थापाले यसअघिका धारणा उल्टाउँदै भने।
तर, संघीय सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले भने त्यसमा आपत्ति जनाए। ‘१ प्रतिशत मात्रै किन? १० प्रतिशत राखेर जाउँ न’ भन्दै व्यंग्य गरेपछि साना दलले समर्थन जनाएका थिए। साना दलले शुक्रबारको बैठकमा पनि ‘थ्रेसहोल्ड’ हटाएरमात्र निर्वाचनमा जानुपर्ने दोहोर्यााए।
संविधानसभा निर्वाचनमा प्रत्यक्ष उम्मेदवारले पहिला नै सम्पत्ति विवरण बुझाउनुपर्ने तथा फौजदारी अभियोग लागेको छ/छैन पूर्वजानकारी गराउने प्रस्तावमा मधेसी दलले भने आपत्ति जनाए।
‘नयाँनयाँ व्यवस्था राखेरभन्दा पनि पुरानो जे छ, त्यसमा कुनै फेरबदल नगरी निर्वाचनमा जाऔं,’ तराई मधेस लोकतान्त्रिक पार्टीका सह–अध्यक्ष हृदयेश त्रिपाठीले भने, ‘नयाँ नयाँ व्यवस्था गर्दा निर्वाचनका बेला अन्योल र आंशका मात्रै जन्मन्छ।’
अध्यक्ष दाहालले ‘हामीविरुद्ध पनि अझै विभिन्न अदालतमा मुद्दा छ, त्यसले गर्दा समस्यामाथि समस्या हुन्छ’ भन्दै त्रिपाठीको भनाईमा सहमति जनाए।
मधेसी जनअधिकार फोरम, लोकतान्त्रिकका महासचिव जितन्द्र देवले ३ सय ३५ समानुपातिकको कोटा कायमै गरेर जानुपर्ने माग गरे। ‘समानुपातिकको कोटा पुरानै (३ सय ३५) कायम गरेर जाऔं, नयाँ नराखौं,’ देवले भने।
बैठकमा महन्थ ठाकुर र विजय गच्छदार सहभागी भएनन्।
बैठकमा सहभागी दलले आ–आफ्ना फरक धारणा र अडान राखेपछि बैठक बिनानिष्कर्ष टुंगिएको थियो। संविधानसभा निर्वाचनसम्बन्धी ऐन मस्यौदा’bout छलफल गर्न बोलाइएको बैठकमा उठेका मुद्दा सम्बोधन गरेर सरकार अघि बढने रेग्मीले आश्वासन दिए। ‘तर, सरकार निष्पक्ष, विश्वसनीय र भयरहित बनाउन लागिपरेको छ, यसमा चाहिँ आंशका नगर्नुहोला,’ रेग्मीले प्रतिबद्धता दोहोर्यािए। बैठकमा मोहन वैद्यको नेकपा–माओवादी र उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम, नेपालको सहभागिता थिएन।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.