मगर सँघ कुवेतद्वारा “मगर बचत कोष तथा सहकारी संस्था लि.” सञ्चालित


जय आले, कुवेत

“कोषाध्यक्ष बसन्त थापा मगरको संयोजकत्वमा ११ सदस्यीय सञ्चालक समिति गठन, सम्पूर्ण कुवेतवासी मगरातहरुलाई मगर बचत कोषमा आवद्द हुन आग्रह”

magar membersआदरणीय प्रबासी मगर दाजुभाइ तथा दिदीबहिनीहरु;
आफ्नो धर्म, संस्कृति, भाषा, भेषभूषा एवं मौलिकतालाई दिगो राख्दै, मगर जातिय उत्थान तथा संरक्षणको निम्ति सम्पूर्ण प्रबासी मगरातहरु एकजुट हौं र मगर सँघको झण्डा मुनी गोलबद्द बनौं भन्ने मुल नाराका साथ सन् २०१२ को जून १५ मा नेपाल मगर सँघका केन्द्रिय अध्यक्ष श्री महेन्द्र थापा मगरज्यूको प्रमुख आतिथ्यमा मगर सँघ, कुवेतको गठन भएको थियो भने यस सँघले मगर समुदायको राष्ट्रिय पर्व “माघे संक्रान्ती-२०१३” लाई सामुहिक रुपमा मनाउने देखी लिएर स्थापना कालदेखी नै कुवेत या नेपालमा पीडित बन्न पुगेका असाहय मगरजाती तथा अन्य नेपाली नागरिकहरुलाई पनि सक्दो आर्थिक, भौतिक या बौद्दिक टेवा पुर्‍याउदै आएको छ । यस्तै, कुवेतमा कृयाशिल रहेका बिभिन्न नेपाली सँघ-संस्थाहरुद्वारा आयोजना गरिने हरेक कार्यक्रमहरुमा पनि मगर सँघ, कुवेतले सहयोग गर्दै आएको छ र जसलाई निरन्तरता दिनेछ ।

सामाजिक अभियानकै क्रममा मगर सँघ, कुवेतले गत ४ मे २०१३ मा बसेको सँघको नवौं मासिक बैठकको निर्णयानुसार, सोही दिनदेखी सम्पूर्ण कुवेतवासी मगर जातिहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक बिकासको लागि, अन्तर्राष्ट्रिय सहकारी तथा बचत कोषको मुल्य, मान्यता र सिद्दान्तका आधारमा कुवेतस्थित मगर जातिहरुको छरपष्ठित आय श्रोत र साधनहरुलाई एकिकृत गराई कुवेत केन्द्रिय समितिका पदाधिकारीहरुबाट सञ्चालित रहने एवं प्रजातान्त्रिक पद्दतिबाट नियन्त्रित गर्ने र प्रबासी जीबनमा आफुले आर्जन गरेको आयबाट आफ्नो भविष्यको लागि केही मात्रमा भए पनी मासिक रुपले बचत गर्न अभिप्रेरित गराउने र संकलित भएका बचत रकमबाट आवश्यक परेको सदस्यहरुलाई शिपमूलक आय-आर्जनका कार्यक्रम लगायत आर्थिक संकटको अवसरमा उचित ब्याज दरमा ऋण उपलब्ध गराई सदस्यहरुको आर्थिक तथा सामाजिक अवस्थामा समेत सुधार ल्याउने उद्देश्यले “मगर बचत कोष तथा सहकारी संस्था लिमिटेड” को कुवेतभरी छरिएर रहनु भएका सम्पूर्ण मगर दाजुभाइ तथा दिदीबहिनीहरुको सल्लाह, सुझावमा स्थापना गरेको छ । जसमा कुनै पनि तह र तप्कामा कार्यरत मगर दाजुभाइ तथा दिदीबहिनीहरुलाई सहभागीताको लागि आव्ह्वान गरिएको छ भने प्रत्येक इच्छुक सदस्यहरुले कम्तिमा मासिक रुपमा १० कुवेती दिनार (१ शेयर) को दरले बचत कोषमा रकम जम्मा गराउनु पर्नेछ भने बढीमा एक सदस्यले ५ शेयर सम्म लिन पाउने अर्थात ५० कुवेती दिनार सम्म जम्मा गराउन सक्नेछ ।

कुनै पनि इच्छुक सदस्यहरुलाई कोष स्थापनाको दिनदेखी २ महिनासम्म नि:शुल्क कोषमा समावेश गराइने र २ महिना काटिसकेपश्चात सहभागी हुने सदस्यहरुलाई १० कुवेती दिनार प्रवेश शुल्क लाग्ने पनि समितिले जनाएको छ । यसैगरी, कुनै पनि शेयर होल्डर सदस्य अकस्मात नेपाल फिर्ता जानु परेमा आफुले लगानी गरेको रकमको सावाँ-व्याज एकमुष्ट लिएर जान सक्नेछ । तथापी, जम्मा भएको ब्याज रकमको केही प्रतिशत रकम भने समितिले तोकेनुसार मगर राहत तथा जगेर्ना कोषमा जम्मा गराउनु पर्नेछ भने भवितव्य पर्न गई कुनै पनि सदस्यको मृत्‍यु भएमा नेपालस्थित हकवालाको छानबिन गरी लगानी रकमको सावाँ-ब्याज सञ्चालक समितिद्वारा हकवालालाई हस्तान्तरण गरिने पनि जानकारी गराईको छ । मगर सँघ, कुवेतको नवौं मासिक बैठकका दिन स्थापना गरिएको मगर बचत कोष तथा सहकारी संस्था लि. मा ३४ जना सदस्यहरुले ५० शेयर लिईसकेको र जम्मा भएको ५० शेयरको ५०० कुवेती दिनार रकमलाई ब्याज दर तोकेर लगानी गरिसकिएको पनि समितिले जानकारी दिएको छ ।

सञ्चालक समितिले जनाएनुसार मगर बचत तथा सहकारी संस्था लि. को लागि मगर सँघ कुवेत केन्द्रिय समितिका पदेन कोषाध्यक्ष श्री बसन्त थापा मगरको संयोजकत्वमा निम्न पदाधिकारीहरु सकृय रहने गरी सञ्चालक समिति गठन गरिएको छ ।

संयोजक – बसन्त थापा मगर (पदेन कोषाध्यक्ष), मोबाईल-९९३४११६२
ऋण अधिकृत – मित्र सिंज्याली मगर (पदेन अध्यक्ष), मोबाईल-९९६८९२३१
ऋण अधिकृत – जय आले मगर (पदेन सचिव), मोबाईल-९९१०१४०८
लेखा – मनु भूजेल मगर (पदेन प्रथम उपाध्यक्ष), मोबाईल-६६३८३८७६
लेखा – धन थापा मगर (पदेन सह-कोषाध्यक्ष), मोबाईल-५०५९२४५९
लेखा – ऋषी थापा मगर (पदेन सदस्य), मोबाईल-५०२०१५७५
बजार व्यवस्थापन – बम पुलामी मगर (पदेन सल्लाहाकार), मोबाईल-९४९९३९५९
बजार व्यवस्थापन – श्याम थापा मगर (पदेन सल्लाहाकार), मोबाईल-९७८२०६७८
बजार व्यवस्थापन – हिरा दर्लामी मगर (पदेन दित्तिय उपाध्यक्ष), मोबाईल-६६८६२४६३
बजार व्यवस्थापन – बल प्रसाद बुढामगर /नल बगालेमगर (पदेन सदस्य), मोबाईल-६०७८३१२८
बजार व्यवस्थापन – मधुमाया मगर /प्रबिना मगर (पदेन सदस्य), मोबाइल-६९०९२५३१
बजार व्यवस्थापन – बेल ब. पाचे मगर (पदेन सदस्य), मोबाईल-५५०२९७५४

थप तथा अधिक जानकारीको लागि समितिका कुनै पनि सदस्यहरुलाई संपर्क गर्न पनि अनुरोध गरिएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.