निर्वाचन आइसक्यो, लामो बिदा नबस्नू : गृहमन्त्री घिमिरे


bbbbचितवन, वैशाख २८ – गृहमन्त्री माधवप्रसाद घिमिरेले आगामी कात्तिक महिनाको अन्तिम वा मङ्सिरको पहिलो साता निर्वाचन गर्ने गरी सरकार मिति घोषणाको अन्तिम तयारीम रहेको बताउादै कर्मचारीलाई लामो समय बिदामा नबस्न निर्देशन दिएका छन् । देश निर्वाचनको माहोलमा होमिएको भन्दै उनले यस्तो निर्देशन दिएका हुन् । उनले मुलुकको संक्रमण अवधि लम्बिदा राजनीतिक संरक्षणमा अपराध मौलाउन सक्ने भन्दै चनाखो रहन सुरक्षा अधिकारीलाई निर्देशन दिए ।

चितवनका सरकारी कर्मचारीलाई आज बिहान गृहमन्त्री घिमिरेले भरतपुरमा निर्देशन दिएका थिए । मन्त्री घिमिरेले निर्वाचनलाई दृष्टिगत गरी काम गर्न सबै कर्मचारीलाई निर्देशन दिए ।

मुलुक अप्ठेरो स्थितिबाट गुजि्ररहेको उल्लेख गर्दै मन्त्री घिमिरेले असन्तुष्ट दलहरुसाग वार्ता गरी सरकार सबै दललाई निर्वाचनमा सहभागी गराउन लागिपरेको बताए ।

लोकतान्त्रिक विधि निर्वाचन भएको र मुलुकमा दिगो शान्ति स्थापनाका लागि निर्वाचनको विकल्प नभएको भन्दै मन्त्री घिमिरेले असन्तुष्ट दलहरु पनि निर्वाचनमा सहभागी हुनेमा आफू विश्वस्त रहेको बताए ।

Source: Kantipuronline

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.