सिर्जना तिवारी
वैशाख २७ – पछिल्लो दुई सातामा तीनजना नेपाली महिला कामदारले अवैध रूपमा बच्चा जन्माई हत्या गरेको समाचार कुबेतको नेपाली समुदायमाझ भुसको आगोझैं फैलियो । प्रहरीका अनुसार कुबेतको साद अल अब्दुल्लास्थित एक कुबेतीको घरमा काम गर्ने नेपाली चेली पेट दुःखाइ र अत्यधिक रक्तश्रावको कारण सिकिस्त बिरामी भइछन् । अस्पतालमा चिकित्सकले परीक्षणपश्चात् गर्भपतनको कारणले अत्यधिक रक्तश्राव भएको बताएपछि उनी प्रहरीको फन्दामा परिन् । प्रहरीले उनी कार्यरत घरको खानतलासी गर्दा बाथरुममा ब्लांकेटमा पोको पारेको अवस्थामा बच्चाको शव भेट्टाएछ । कुबेती प्रहरीसामु आफ्नो अपराध कबुल गरिसकेकाले उनी प्रहरी हिरासतमा छिन् र उनलाई गर्भवती बनाउने व्यक्तिको खोजीमा कुबेती प्रहरी लागिपरेको छ ।
त्यसैगरी कुबेतको कुरैइन क्षेत्रको एक घरको छतमा नवजात शिशुको शव भेटिएपछि त्यहाँ ठूलै हलचल मच्च्िाएछ । प्रहरीले त्यस घरमा काम गर्ने घरेलु कामदारमाथि अनुसन्धान एवं तहकिकात गर्दा नेपाली महिला कामदारले आफ्नो अपराध कबुल गरिछन् । उनले प्रहरीलाई नेपालमा केटा साथी भएको र गर्भ पनि उसैको भएको बयान दिएकी छन् । उनी नेपालबाट आउँदा नै गर्भवती भएकी तर घरमा कसैलाई पनि नभनी महिना पुगेपछि घरको छतमा बच्चा जन्माई त्यहीं छोडिछन् र पछि बच्चा मृत अवस्थामा फेला परेछ । प्रहरीले बच्च्ााको मृत्युको विषयमा पनि अनुसन्धान गरिरहेको छ ।
कुबेतकै मुवारक अल कबिर इलाकाको सार्वजनिक स्थलमा एकाबिहानै एउटा नवजात शिशुको शव भेटिएपछि दिनभर नै खैलाबैला मच्चिएछ । प्रहरीले त्यस इल्ााकामा काम गर्ने घरेलु महिला कामदारमाथि शंका गरी अनुसन्धान सुरु गर्दा एक नेपाली महिला घरेलु कामदारले आफ्नो अपराध स्वीकार गरिन् । उनले आफू काम गर्ने घरको बाथरुममा बच्चा जन्माएको र ब्यागमा हाली सार्वजनिक स्थलमा लगेर फ्याँकेकी रहिछन् । उनले पहिला पनि कुबेतमा काम गरिसकेकी र नेपाल फर्किन लाग्दा एयरपोर्ट जाँदै गर्दा ट्याक्सी ड्राइभरले बलात्कार गरेको कारणबाट गर्भ रहेको बयान कुबेती प्रहरीसमक्ष दिएकी छन् । हाल उनी पनि प्रहरी हिरासतमा नै छिन् ।
करिब ६ महिनाअघि पनि यस्तै घटना कुबेतमा भयो । एक तामाङ महिलाले कुबेतीको घरमा बच्च्ाा जन्माइन् । कुबेतका पत्रिकाहरूले कुबेती साहुको छोराको बच्च्ाा भएको भनी समाचार प्रकाशित गरे र दूतावासले पनि साहुको छोरामाथि मुद्दा दायर गर्यो तर पछि डीएनए परीक्षणको रिपोर्टले कुबेतीको छोरा निर्दोष भएको प्रमाणित भयो । त्यो बच्च्ाा उनको नेपालको केटा साथीको रहेछ । उनी कुबेत आउँदा नै गर्भवती भइसकेकी रहिछन् र कुबेतीको छोराले उनलाई जबर्जस्ती भने गरेको
रहेछ । अहिले आमाछोरा नेपाल फर्किने तयारीमा छन् ।
घरेलु महिला कामदारलाई घरबाट भगाएर आफूसँग राख्ने र अवैध रूपमा बच्चा जन्माउने जोडीको पनि कमी छैन कुबेतमा । भर्खरै प्रकाशित एक समाचारअनुसार यस्तै एक जोडीले अवैध रूपमा बच्चा जन्माई विदेशीलाई ३० केडी (९० हजार रुपैयाँ) मा बेचेको घटनाले पनि सनसनी फैलायो कुबेतमा । यी त प्रतिनिधि घटना मात्र हुन् । यस्ता घटनाहरू प्रायः भइरहेका छन् र धेरै महिलाले जेलमा नारकीय जीवन बिताइरहेका छन् । आफ्नो एवं आफ्ना परिवार र बालबच्चाको सुन्दर भविष्यको कामना गरी विदेशमा कमाउन आएका नेपाली चेलीहरू अशिक्षा, चेतना एवं असावधानीको कारणलेे यस्ता आपराधिक घटनामा संलग्न हुन पुगेका
छन् । वैदेशिक रोजगारमा जाँदा गर्भवती भएमा अप्ठ्यारोमा पर्ने कुरा एउटा शिक्षित महिलाले जति राम्ररी बुझेकी हुन्छिन्, त्यत्तिकै रूपमा दुर्गम क्षेत्रका निरक्षर महिलाले बुझेका हुँदैनन् ।
अघिल्लो दिनसम्म नेपालमा केटा साथी वा श्रीमान्सँग बसेकी महिलाहरूले म गर्भवती भएको पनि हुन सक्छु भन्ने कुराको कल्पना पनि गरेका हुँदैन्न र होमिन्छन् आगोमा जब उनीहरूलाई थाहा हुन्छ तब उनीहरूको सहायता गर्ने कोही हुँदैनन् र अपराध गर्न पुग्छन् । कुबेतीको घरको चार दिवारभित्रको बँधुवा मजदुरको पीडा हामीले महसुस गर्नसम्म पनि सक्दैनौं र भनिदिन्छौं, ‘नेपाली महिलाहरूले नाक काटे ।’
एक अक्षर नपढेका महिलालाई खाडी मुलुकमा घरेलु कामदारको रूपमा पठाएर हामीले उनीहरूको जीवन जोखिममा पारेका छौं । तसर्थ निरक्षर महिलालाई घरेलु कामदारका रूपमा विदेश पठाउनुभन्दा कम्तीमा प्राथमिक वा निम्नमाध्यमिक शिक्षा आर्जन गरेकालाई मात्र पठाउने गर्नुपर्छ ।
लेखक कुबेतस्थित नेपाली दूतावासकी श्रम सहचारी हुन् ।
होइन कुरा निकै गहिरो भयो मादम सिर्जना जी/-तपाई कुटनीतिक कर्मचारी दुत्तावास मा कार्यरत हुनु हुन्छ भन्ने कुरा सुनेका छौ/-जुन तपाइले माथि लेख्नु भएको समाचार हरु हामीले कुवेतको दैनिक पत्रिकामा पढी सकेको छौ/- तपाई एउटा कुटनीतिक कर्मचारीको नाताले ति परी आएको कुवैत बासि पिडित नेपाली हरुको समाधान गर्ने कि समाचार पर्कासित गरेर हामी कुवैत बासि नेपाली जनताको आखामा पट्टि लगाउनु लाग्नु भएको छ कि?साएद अब कुवैत बासि नेपाली जनता त्यति अभुजक छन होला जस्तो लाग्दैन/-हजुर को सामुन्ने त्यतिका नेपाली चेली हरुले सेल्टर लिएको छन/-कुवैत सरकारको रिकर्ड मा ८००० हजार नेपाली गैर कानुनी रुपमा बसेको छन, अब हाम्रो नेपाली दुत्तवास कुवैत ले ति पिडित हरुको लागि के पहल गर्नु सक्छ?दिल माया मुक्तान कुवैत आएको भोलि पल्ट कुवेती मालिकको पिटाई खाएर ९ महिना कुवेतको फरवानिया होस्पितल बात नेपाल फर्किए खै ति चेलीले के पाए? खै ति कुवैत ल्याउने एजेन्ट लाई कारबाई?नवलपरासी को बबी सरा दर्जी आदान होस्पितल मा कुहिए खै ति चेलीको उद्धार? धनगडी को निवासी रिना तामांग बच्चा को साथमा दुत्तावास देखि जेल गए ति चेली ले कुनै इन्साफ पाएनन:कोहि केटि भगाएको को भनेर सुग्रिम गिरि नेपाल फर्किय/-अफगानिस्तान ले नेपाली चेली लाइ अपहरण गरी राखे दुत्तावास ले रंगे हात पक्राउ गरे अफगानिस्तान नागरिक बाहिर आए नेपाली चेली जेल गए खै ति चेली ले पाएको इन्साफ?ललितपुर निवासी सान्ति लामा दलाल धारा बलाकृत भएर कुवैत मा छोरि जन्माएर नेपाल फर्किए खै ति चेलीले के पाए?मोरोङ्ग राजघाट -९ कि भुन्टी माया मगर कुवैत बात ८ महिना को बच्चा लिएर नेपाल पुगे नेपाल पुगेको भोलि पल्ट उनको निधन भयो ति चेलीले के इन्साफ पाए नेपाली दुत्तावास कुवैत बात?त्रियुगा -११ उदयपुर को निवासी ३१ बर्सिय बिमला बैसाख ४-२०६८ कुवैत बात बोक्स मा प्याक भएर गए खै ति चेली ले के पाए त् ?१५ अगुस्त २००९ मा आफ्नै घर मालिक्नी बात कुवैत उमन्हामनमा मारिए खै ति चेलीले के पाए ?
दिल बहादुर पुन
धवलागिरी- कुवैत