सिर्जना तिवारी
वैशाख २७ – पछिल्लो दुई सातामा तीनजना नेपाली महिला कामदारले अवैध रूपमा बच्चा जन्माई हत्या गरेको समाचार कुबेतको नेपाली समुदायमाझ भुसको आगोझैं फैलियो । प्रहरीका अनुसार कुबेतको साद अल अब्दुल्लास्थित एक कुबेतीको घरमा काम गर्ने नेपाली चेली पेट दुःखाइ र अत्यधिक रक्तश्रावको कारण सिकिस्त बिरामी भइछन् । अस्पतालमा चिकित्सकले परीक्षणपश्चात् गर्भपतनको कारणले अत्यधिक रक्तश्राव भएको बताएपछि उनी प्रहरीको फन्दामा परिन् । प्रहरीले उनी कार्यरत घरको खानतलासी गर्दा बाथरुममा ब्लांकेटमा पोको पारेको अवस्थामा बच्चाको शव भेट्टाएछ । कुबेती प्रहरीसामु आफ्नो अपराध कबुल गरिसकेकाले उनी प्रहरी हिरासतमा छिन् र उनलाई गर्भवती बनाउने व्यक्तिको खोजीमा कुबेती प्रहरी लागिपरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 10/05/2013
कुबेतमा महिलाको बिजोग
Posted in प्रवासी समाचार
एसीसी यु-१९: सेमीफाइनलमा नेपाल युएईसंग पराजित
क्वालालम्पुर, वैशाख २७ – मलेसियामा जारी एसीसी यु-१९ एलिटकप क्रिकेटमा नेपाल आज भएको सेमीफाइनल खेलमा युएईसंग ७६ रनले पराजित भएको छ । बायुमास मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको युएईले नेपालका लागि निर्धारित ५० ओभरको खेलमा ७ विकेटको क्षतिमा २ सय ७१ रन जोडेको थियो । युएईको २ सय ७२ रनको लक्ष्यका लागि मैदान उत्रेको नेपालले सबै विकेटको क्षतिमा ४६ दशमलव १ ओभरमा मात्र १ सय ९५ रन जोड्न सक्यो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद