Daily Archives: 09/05/2013

लोकमान एमाओवादीको निर्णय हैन, चार दलको हो : दाहाल


काठमाडौं- एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखमा लोकमान सिंह कार्कीको नियुक्ति एमाओवादी पार्टी र आफ्नो ब्यक्तिगत निर्णय नरहेको बताएका छन्। उनले अख्तियार प्रमुखमा लोकमानलाई नियुक्ति गर्न चार दलले नै सहमति गरेको बताए। ‘लोकमान नियुक्ति मेरो र एमाओवादी पार्टीको एकल निर्णयले भएको हैन,’ राजधानीमा आयोजित ‘वर्तमान राजनीति र महिला सबाल’ विषयक अन्तर्क्रियामा बोल्दै अध्यक्ष दाहालले भने, ‘यो चार दलको सहमति हो। अहिले एमाओवादीलाई दोष दिएर हुँदैन।’ पढ्नेक्रम जारी राख्नुहोस्

खिलराज अतिथी भएको कार्यक्रम बारद्वारा बहिष्कार


काठमाडौ, वैशाख २६ – सर्वोच्च अदालतले कानुन दिवसका अवसरमा खिलराज रेग्मीलाई अतिथी बनाएपछि कानुन व्यवासायीहरुको संस्था नेपाल बार एसोसिएसनले उक्त कार्यक्रम बहिस्कार गरेको छ । नेपालको न्यायालय भारदारी सभाबाट स्वतन्त्र निकायको रुपमा स्थापित भएको दिनको सम्झनामा वि.स २००८ देखि प्रत्येक वर्ष बैशाख २६ मा कानुन दिवस मनाइन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

यी हुन् खयरमाराका खरा माओवादी !


‘बरु आफैं उठ्ने, बाहिरियालाई भोट नहाल्ने’
राजकुमार श्रेष्ठ
mao-led२६ वैशाख, काठमाडौं – ‘योपटकको चुनावमा त एमाओवादीलाई हराउने हो । जतिपटक जिताए पनि नेताहरुले आफ्नो धोती फेर्नेबाहेक केही गरेनन् । योपटक त कुनै हालतमा जिताइन्न’- एमाओवादीद्वारा यसैसाता आयोजना गरेको मधेस ब्यूरोको आमसभा एवं प्रशिक्षणमा सहभागी हुन सर्लाहीको हरिवन पुगेका महोत्तरी निर्वाचन क्षेत्र नम्बर-६ का इन्चार्जसँग खयरमारा निवासी मिथिला राज्य समिति सदस्य भीमनाथ गौतमले पोखेको आक्रोश हो यो । पढ्नेक्रम जारी राख्नुहोस्