समाज र सरकारबाट हेपिएका कला र कलाकारहरु..


बि.बी. मल्ल ठकुरी, कुवेत

malla bbभनिन्छ कलाकार भनेका रास्ट्रका गहना हुन् ! अनि सुनिन्छ यसलाई सम्मान गर्नु पर्छ, तर खै त ब्यबहारमा लागु हुन सकेको ? हाम्रा देशका कलाकारले यो देशलाइ चिनाउन के नै गरेनन होला रास्ट्रब्यापी गित देखि लिएर अनेक किसिमका कलाहरु प्रस्तुत गरि देखाएका थिए भने आफ्ना सर्बस्व जिबन नै सुम्पेका पनि छन् अन्तमा ति कलाकार ढोलक बन्न बाध्य हुन पुगे जुन कि कलाकारको आफ्नो प्रस्तुति देख्दा र सुन्दा वावा त्यसपछी बजाउन र सुन्न छोडे पछि भित्तामा झुन्डाई राखिएको ढोलक सरह हुन पुगेको छन खै त तिनका सम्मान र सम्बर्दन गरेको ?

ढोलक सरह बनेका कलाकारहरु को उदाहरण प्रशस्तै छन् हाम्रा सामु गाएक कुमार कान्छाले आफ्नो आर्थिक अवस्थाको कम्जोरको कारणले गर्दा तडपिएर सबैसंग हार गुहार मागेर पनि अन्तमा मृत्‍युलाइ रोज्न बाध्य हुनु पर्यो चलचित्र क्षेत्रका पवन मैनाली, शान्ति मास्के, जयनन्द जी, दिपक आलोक, जस्ता कलाकारहरुलाइ कालो चस्मा लगाएर सरकारले हेर्न पुगे भने गोपाल भुटानीले चार दशकसम्म आफ्नो कला क्षेत्रमा यति ठुलो गुण लगाएर जानु भयो यति ठुलो भूमिका निभाउनु भयो हामी उहाको कुनै बर्णन गरि साध्य नै छैन जुन कि हामी कलाकारले मात्र हैन कि सम्पूर्ण देशब्यापीले सलाम ठोक्नु पर्ने थियो तर आज उहामा त्यो भएन उहाको एउटा मात्र इच्छा थियो नेपाली नागरिकता छातीमा टासेर नेपाली बनेर मर्ने तर त्यो इच्छा समेत पुरा गराउन सकेन नेपाल सरकारले, कारण टेबुल मुनिबाट मोटो रकम नदिएर नागरिकता नपाएका हुन् त ? बास्तवमा भन्ने हो भने कुनै पनि देशको नागरिक १५ बर्षसम्म त्यो देशमा लगातार बस्छ भने त्यस नागरिकले नागरिकताको हकदार हुन्छ भने उहाले त ४० बर्षसम्म नेपालको लागी कला क्षेत्रमा ठुलो गुण लगाउनु भएको थियो जुन कि हाम्रो देशलाइ चम्किलो तारा बनि उज्यालो दिनु भयो चम्किलो पार्नु भयो ति तारालाइ सम्मान गर्न समेत जानेन नेपाल सरकारले भने अन्य देशका नागरिकहरु नागरिता र पासपोर्ट बनाइ बिदेश छिरेका छन् ’emले कहाँबाट पाए त नेपाली नागरिकता र पासपोर्ट ? बंगाली र इन्डियाको नागरिक कसरि नेपाली पासपोर्टमा भित्रिए त यहाँ कुवेतमा यी त एउटा सानो उदाहरण मात्र हुन् भनाइको मतलब यसरी बुझिन्छ कि कलाकार थिचिएका छन् पिल्सिएका छन् यो त हामीले देखेका छौ ।

त्यस्तै गरि कलाकारले हाम्रो देशलाइ चिनाउनको लागि कला र संस्कृतिलाइ जोगाइ राख्नको लागि भनि कुवेतमा पनि नेपालकुवेत साँस्कृतिक मंचको स्थापना भयो त्यसपछि लालीगुराँस साँस्कृतिक परिवार नेपालकुवेतको स्थापना गरे नेपाल सारकार सामु पनि दर्ता गराई नेपाललाइ चिनाउन र कला संस्कृतिलाइ जगेर्ना गर्न उत्सुकता जागरण गर्यो र त्यसपछी अन्तर्राष्ट्रिय स्तरसम्म नेपाली कलाको संजाल फिजाउनको लागि नेदरल्याण्डबाट केन्द्रिय अध्यक्ष पुस्प बरुवाल ज्यूको नेत्रित्वमा अन्तर्रास्ट्रिय कलाकार समाजको स्थापना गरि कुवेतमा पनि साखा स्थापना भयो र कलाकारहरु आफ्नो रफ्तारमा बढी रहेका हामीले देखिरहेका छौ भने राष्ट्रिय कलाकारसम्म बन्न पुगी रहेका छन् ति बामे सर्दै गरेका कलाकारलाइ हौसलासम्म दिने बाटो रोज्न सकी रहेका छैनौ कि जस्तो लागिरहेको छ आज यहाँ पनि कुनै पनि कलाकारले आफ्नो माग गर्यो भने मात्र पनि लजास्पद कुरा गर्नु भो आदि इत्यादी कुराहरु ………..को सामना गर्नु परेको छ भने खै त कलाकार अनि रास्ट्रका गहनाका इज्जत अनि सम्मान ?

हामीलाई गौरब लागेको थियो मरुभूमि कोशेलीले बर्सेनि गरेको कलाकार, खेलाडी, समाजसेबी प्रतिको सम्मान त्यसले हामीलाई निकै हौसलाको प्रेणा मिलेको थियो निकै सराहनीय काम गरेको थियो मरुभूमि कोशेलीले तर त्यसबाट पनि बन्चित हुन पुग्यो भन्ने अनुभुती आज स्बै कलाकारहरुलाई भएको छ ।

लेखक “बि.बी मल्ल ठकुरी” लालीगुराँस साँस्कृतिक परिवारका संस्थापक तथा पुर्वाध्यक्ष र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज, कुवेतका अध्यक्ष हुनुहुन्छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.