कार्की नियुक्ति प्रकरण-देशभरका क्याम्पसमा प्रदर्शन


राजधानीमा सवारी आवागमनमा बाधा
आज राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाइने
काठमाडौ, वैशाख २४ – लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुखमा नियुक्ति सिफारिश गरिएको बिरोधमा बिभिन्न बिद्यार्थी संगठनले गरेको बिरोध प्रदर्शनका कारण राजधानीका बिभिन्न स्थानमा सवारी आवागमन ठप्प भएको छ । बिद्यार्थीहरुले आरआर, शंकरदेव क्याम्पससहिद देशभरका क्याम्पस अगाडि चक्काजाम गरिरहेका छन् । आज बिहानदेखि आरआर क्याम्पस अगाडि बिरोध प्रदर्शन गरिरहेका बिद्यार्थीहरुलाई प्रहरीले चारैतिरबाट घेरेर राखेको छ  ।

शंकरदेव क्याम्पसका बिद्यार्थीले पुतली सडक चोकमा गरेको बिरोधका कारण सडकमा सवारी ठप्प छन् ।

चार बिद्यार्थी संगठनको हिजो बसेको बैठकले कार्कीलाई अख्तियार प्रमुखमा सिफारिश गरिएको बिरोधमा आन्दोलन को घोषणा गरेका थिए । बिद्यार्थीहरुले आज दिउासो राष्ट्रपतिलाई कार्कीलाई नियुक्ति नगर्न ज्ञापनपत्र बुझाउने भएका छन् ।

एमाले निकट अनेरास्ववियु, नेपाल बिद्यार्थी संघ, एमाओवादी र नेकपा-माओावदी सम्बद्ध अनेरास्ववियु -क्रान्तिकारी) ले संयुक्त आन्दोलन थालेका हुन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.