दाङमा ३ सय ८५ अवैध हतियार संकलन


दुर्गालाल केसी
hatiyaraदाङ, वैशाख २१ – अवैध हतियार मुक्त समाज निर्माण अभियान अन्तर्गत दाङमा प्रहरीले ३ सय ८५ थान हतियार संकलन गरेको छ । जिल्ला प्रहरीले शनिबार घोराहीमा पत्रकार सम्मेलन गरी चैत्र १८ देखि वैशाख १८ गतेसम्म ३ सय ८२ थान भरुवा बन्दुक र ३ थान नलकटुवा पेस्तोल संकलन गरेको जानकारी दिएको हो । संविधानसभा निर्वाचनलाई मध्यनजर गरी गृह मन्त्रालयले अवैध हतियार बुझाउन नागरिकहरुलाई दुई महिनाको समय दिएको थियो ।

दाङमा एक महिनामा मात्रै उक्त परिमाणको हतियार संकलन भएको दाङका प्रहरी प्रमुख एसपी लोकेन्द्र मल्लले जानकारी दिएका छन् ।

संकलित भएको हतियार हरुमध्ये जिल्ला प्रहरी कार्यालयले ३४ थान, इलाका प्रहरी कार्यालय कमिरेचौरले २४ थान, नारायणपुरले ३ थान, गढवाले १ सय ८ थान, नगर प्रहरी घोराहीले ३ थान, प्रहरी चौकी दुईखोलीले १६ थान, इलाका प्रहरी कार्यालय लमहिले १४ थान, भालुबाङले २७ थान, खिलतपुरले १ सय ४३ थान, अमिलियाले १२ थान र तुलसिपुरले एक थान हतियार संकलन गरेको मल्लले बताए ।

चारवटा लाईसेन्स भएका हतियार पनि बरामद भएको मल्लले बताउएका छन् ।  लाईसेन्स भएका हतियार पनि चुनावसम्म फिर्ता नगरिने प्रहरीले जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले निर्वाचन मात्रै नभएर समग्र शान्ति सुरक्षा कायम गर्नपनि हतियार संकलन जरुरी भएको बताए ।

Source: ekantipuronline

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.