Daily Archives: 04/05/2013

सय वर्षअघि यस्ता रहेछन् नेपाली ! (फोटोफिचर)


119२१, वैशाख-  आजभन्दा सय वर्षअघिको नेपाली समाज कस्तो थियो होला ? विशेष गरी त्यतिबेलाको ब्राह्मण समाजमा रहेको सतीप्रथा, बाल विवाह, अनमेल विवाह एवं अन्य सामाजिक परम्पराको यथार्थ शब्द-चित्र साहित्यकार कृष्ण धराबासीको ‘झोला’ कथामा पढ्न पाइन्छ । तर, धराबासीको उक्त शाब्दिक व्याख्यालाई भर्खरै छायांकन गरिएको झोला चलचित्रमा हुबहु उतार्न खोजिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

पौने नौ करोड जित्ने कता छन् ?


“डिल्लीरामको बास्तबिक अबस्था बुझ्न कतारमा कार्यरत नेपाली आतुर छन् । तर उनी सार्बजनिक भएका छैनन् । तर, चिन्नेहरु भन्छन्,’डिल्लीराम सनैयामै छन् । उनी सामान्य कामदार हुन् । पुरस्कार लिएपछि बाहिर आँउछन्’
होम कार्की
Dilliram-parajuliदोहा (कतार), वैशाख २१ – डेढ वर्षअघि भैरहवा रूपन्देहीका जयमंगल यादवले कतारको दोहास्थित सफारी मलको ‘विन वान मिलियन अफर’ को लक्की ड्रमा १० लाख रियाल अर्थात् २ करोड रुपैयाँको पहिलो पुरस्कार लाई परेको थियो । दोस्रोमा राखिएको ल्यान्ड क्रुजर प्राडो गाडी बाग्लुङ बुर्तिवाङका नरबहादुर बस्नेतले जितेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

दाङमा ३ सय ८५ अवैध हतियार संकलन


दुर्गालाल केसी
hatiyaraदाङ, वैशाख २१ – अवैध हतियार मुक्त समाज निर्माण अभियान अन्तर्गत दाङमा प्रहरीले ३ सय ८५ थान हतियार संकलन गरेको छ । जिल्ला प्रहरीले शनिबार घोराहीमा पत्रकार सम्मेलन गरी चैत्र १८ देखि वैशाख १८ गतेसम्म ३ सय ८२ थान भरुवा बन्दुक र ३ थान नलकटुवा पेस्तोल संकलन गरेको जानकारी दिएको हो । संविधानसभा निर्वाचनलाई मध्यनजर गरी गृह मन्त्रालयले अवैध हतियार बुझाउन नागरिकहरुलाई दुई महिनाको समय दिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्