Daily Archives: 03/05/2013

डिभिजन थ्री क्रिकेटमा नेपाललाई दोस्रो जीत


news-photo1२० वैशाख, -आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन थ्रीमा नेपालले ओमानलाई २८ रनले पराजित गरेको छ । यससँगै डिभिजन २ मा उक्लिने सम्भावना कायमै छ भने शीर्ष दुईमा नपरे डिभिजन थ्रीमा रहने सम्भावना बलियो भएको छ । नेपालले शनिबार इटलीलाई ठूलो अन्तरले पराजित गरे र अमेरिका बर्मुडासँग पराजित भए नेपालको शीर्ष दुईमा पर्ने सम्भावना हुनेछ । ४ खेलको समाप्तीमा अमेरिकाको ६ अंक छ भने नेपालको ४ अंक छ । गएराति अमेरिकालाई हराएको युगाण्डाको ८ अंक छ र डिभिजन २ मा बढुवा हुने पक्का भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

एसीसी यू-१९ एलिट कप-नेपालको विजयी सुरुवात


image.php111काठमाडौ, वैशाख २० – नेपाली टोली १९ बर्षमुनीको टोलीले एसीसी यू १९ एलिट कप क्रिकेटमा बिजयी सुरुवात गरेको छ । आज भएको खेलमा नेपालल कुवेतलाई ८४ रनले हराएको छ । टस जितेर पहिलो व्याटिङ गरेको नेपालले ४३ ओभर खेल्दै कुवेतलाई १९४ रनको लक्ष्य दिएको थियो । नेपाल पहिलो पटक नयाँ कप्तान भुवन कार्कीको नेतृत्वमा छ । नेपालका लागि अमित श्रेष्ठले सबैभन्दा बढी ४६ रन जोडे । उनी ५२ बलमा ७ चौकाको मद्दतले अर्ध शतकनजिक पुगेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

श्रीमान् बन्देज हटाइदिनुस्


image.phpप्रेस स्वतन्त्रता दिवसमा पत्रकारको प्रभातफेरि
गत वर्ष नेपालमा २ सय २७ वटा प्रेस स्वतन्त्रता उल्लंघनका घटना भए
शेखर अधिकारी
काठमाडौं, वैशाख २० – काठमाडौं, वैशाख २० – सर्वोच्च अदालतले पत्रकारलाई इजलासमा जान निषेध गरिरहेकाबेला नेपाली पत्रकारले शुक्रबार प्रेस स्वतन्त्रता दिवस मनाएका छन् ।कार्यपालिका र न्यायपालिकाको नेतृत्व न्यायमूर्तिले नै गरेकाबेला पत्रकारमाथि लगाइएको अंकुश दिवसको मुद्दा बन्यो । नेपाल पत्रकार महासंघको आयोजनामा शुक्रबार बिहान भएका प्रभातफेरिमा पनि पत्रकार नेताहरुले सर्वोच्च प्रशासनको निषेधको विरोध गरे । पढ्नेक्रम जारी राख्नुहोस्