डिभिजन थ्री क्रिकेटमा नेपालको पहिलो जित


600278_306423842820689_991016516_n१९ वैशाख, काठमाडौं – आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन थ्रीमा नेपाल पहिलो जित दर्ता गरेको छ । लगातार दुई हार व्यहोरेको नेपालले बुधबार राति भएको खेलमा आयोजक बर्मुडालाई ८ विकेटले पराजित गरेको हो । जितसँगै नेपालको शीर्ष दुईमा पर्दै डिभिजन २ मा उक्लने गणितीय सम्भावना कायमै छ भने डिभिजन थ्रीमा रहिरहन पनि बर्मुडाविरुद्धको जित महत्वपूर्ण छ । नेपालले आज ओमानलाई हराएर मात्र पुग्दैन, इटलीलाई पनि हराउनु पर्छ र अंक तालिकाको शीर्ष दुई टोली अमेरिका र युगाण्डाको खेलमा भर पर्नुपर्छ ।

घरेलु मैदान सेन्ट डेभिड्स टस हारेर पहिले व्याटिङको निम्तो पाएको बर्मुडा ३८.२ ओभरमा सबै विकेट गुमाएर १ सय ६ रनमा समेटियो । उसलाई सस्तैमा समेट्ने क्रममा कप्तान पारस खड्काले १० ओभरमा १ मेडन राख्दै ३१ रन दिएर ४ विकेट लिए भने वसन्त रेग्मीले १० ओभरमा २० रन दिएर ३ विकेट लिएका थिए । शक्ति गौचन, चन्द्र साउद र संजम रेग्मीले समान १–१ विकेट लिए ।

१ सय ७ रनको सामान्य विजय लक्ष्य पाएको नेपालले जम्मा ११.२ ओभर खेल्दै २ विकेटको क्षेतिमा भेट्टायो । नेपालका लागि कप्तान पारस खड्काले नटआउट ४६ तथा ज्ञानेन्द्र मल्लले ३४ रनको योगदान दिए ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.