जय आले, कुवेत
सामाजिक सेवाका लागि संगठित भई सामाजिक कृयाकलापमा कटिबद्ध रहँदै आएको कुवेतको नेपाली समाजमा सफल सामाजिक सँस्थाको रुपमा आफ्नो छुट्टै पहिचान बनाउन सफल जन-जागृती युवा समाज, कुवेतले कुवेतवासी नेपालीहरुबीच टड्कारो रुपमा खड्किएको नेपाली भाषामा लेखिएका पुस्तक पढ्ने चाहना एवं नेपाली भाषा साहित्यलाई प्रवासमा पनि जीवान्त राख्दै विभिन्न विधाका रचनात्मक, ज्ञानवर्द्धक तथा मनोरन्जनात्मक पुस्तक मार्फत कुवेतवासी नेपालीहरुमा आर्थिक, सामाजिक, राजनीतिक, साँस्कृतिक तथा धार्मिक जन–चेतना एवं वौद्धिक ज्ञानको वृद्धि होस् भन्ने हेतुले नेपाली सामुदायिक पुस्तकालय सञ्चालन गरेको छ ।
पठन-पाठनमा इच्छुक महानुभावहरुले पुस्तकालयमा हालसम्म जम्मा हुन आएका नेपाली तथा अङ्ग्रेजी पुस्तकहरुको ’boutमा बिस्तृत जानकारी लिनको लागि तलको लिंकमा क्लिक गर्नुहुन र अन्य सोधपुछका लागि निम्न नम्बरहरुमा सम्पर्क गर्नु हुन पनि सामुदायिक पुस्तकालय सञ्चालक समितिले अनुरोध गरेको छ ।
सम्पर्क:
आश ब. नेपाली-५५०७२२७८, कृष्ण मल्ल-६५८९५५६५, आनन्द आचार्य-५५२०६६४१
अति नै राम्रो खबर, खुशी लाग्यो /