प्रेम कटवाल (हाल कुवैत)
तिम्रो माँया अबिछिन्न, बहिरहने मूल भयो,
बिना सिजन फुल्ने मेरो, बेमौशमी फूल भयो।
ब्यर्थै खोजें सजाउन, दुई आँखाको नानी भरि,
नपाउने तिम्रो माँया, सजाउनु भूल भयो।
प्रतिक्षामा आसै-आसमा, हरेक पल पछ्याइरंहे,
तड्पाई-तड्पाई अल्झाउने, तिम्रो माँया झूल भयो।
मेरो छाति कुल्चिएर, प्रेमको शागर तर्यौ तिमि,
असह्य भयो मलाई, तिम्रो लागि पूल भयो।
छाड्नु रै’छ आखिर तिम्ले, झुठो नाता किन गाँस्नु,
त्यही घातक माँया आज, बिझाइरहने सूल भयो।