काठमाडौं,१७ वैशाख। कतारकी राजदूत मायाकुमारी शर्माले ‘कतार भनेको खुला जेल हो’ भनी एक
टेलिभिजन कार्यक्रममा दिएको धारणाले परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गरेको छ। राजदूत शर्माले बीबीसी साझा सवालमा अन्तर्वार्ता दिने क्रममा सम्बन्धीत कम्पनीबाट ‘नो अब्जेक्सन लेटर’ (ख्रुज) नलिइ देश-कतार) छाड्न नपाउने प्रावधानका आधारमा कतारलाई खुल्ला जेल भनेर टिप्पणी गरेकी थिइन्।
’काठमाडौंस्थित कतारी दुतावासले पनि राजदुत शर्माको धारणाप्रति ध्यानाकर्षण जनाउादै परराष्ट्रसँग थप जानकारी माग गरेको छ,’परराष्ट्रमा मध्यपुर्व शाखा हेर्ने एक अधिकारीले भने-’राजदुत शर्माका यस्ता अभिव्यक्ति र कतारमा रहेका श्रमिकको जनगुनासो आधारमा उनलाई स्पष्टीकरण माग गरिने भएको समाचार कान्तिपुर दैनिकले छापेको छ।’ पढ्नेक्रम जारी राख्नुहोस् →
Like this:
Like Loading...