सहसचिवहरूद्वारा आन्दोलन घोषणा


बलराम बानियाँ
image.phpकाठमाडौ, वैशाख १६ – निजामती सेवाका सहसचिवहरूले आफ्नो सेवाका सचिवमा न्याय सेवा आयोगका प्रथम श्रेणीका अधिकृतसमेत बढुवा गर्ने व्यवस्था रोक्न तत्काल निजामती ऐन संशोधनका लागि अध्यादेश जारी गर्न सरकारसित माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । निजामती सेवाका करिब तीन सय सहसचिवले आइतबार सामान्य प्रशासन सचिव दुर्गानिधि शर्मालाई भेटी सर्वोच्च अदालतबाट निजामती सेवाका सम्पूर्ण कर्मचारीको ‘वृत्ति विकासमा नकारात्मक असर पार्ने’ फैसला कार्यान्वयन हुन नदिन माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

सर्वोच्चको फैसलाका कारण आगामी असारमा रिक्त हुने चार सचिव बढुवामा सबै न्याय सेवाका प्रथम श्रेणीका अधिकारीमात्र सिफारिस भई पदोन्नति हुनेछन् । त्यसले शाखा अधिकृतदेखि सहसचिवसम्मको वृत्ति विकासलाई अवरुद्ध पार्ने भन्दै सहसचिवहरू आन्दोलनमा उत्रिएका हुन् । निजामतीतर्फ ५ सय सहसचिव र न्याय सेवामा ६० को हाराहारीमा दरबन्दी भए पनि न्याय सेवामा प्रतिस्पर्धा कम हुने भएकाले छिटोछिटो पदोन्नति हुने र वरिष्ठताका आधारमा न्याय सेवाका अधिकारीमात्र निजामती सेवाको सचिवमा उनीहरूमात्र बढुवा हुने स्थिति उत्पन्न भएको हो । फैसलाका कारण मन्त्रालय नै नदेखेको र निजामती प्रशासन नै नबुझेका न्याय सेवाका वकालत समूह, न्याय प्रशासन समूहका प्रथम श्रेणीका अधिकारी निजामती प्रशासनमा सचिव बढुवा भई मन्त्रालय चलाउने विडम्बनापूर्ण स्थिति आएको समेत सहसचिवहरूले उल्लेख गरेका छन् । सहसचिवहरूले सरकारले न्याय सेवाका प्रथम श्रेणीका अधिकारीलाई निजामती सेवामा बढुवा रोक्ने अध्यादेश जारी नगरेसम्म सोमबार बिहानदेखि दिनहुँ धर्ना दिने कार्यक्रम घोषणा गरेका छन् । सोमबार एक घन्टा धर्नामा बस्ने र अध्यादेश जारी नभएसम्म एक-एक घन्टा बढाएर दिनहुँ धर्ना बस्ने कार्यक्रम सहसचिवहरूको छ, उनीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा समेत धर्नामा बस्ने कार्यक्रम अघि सारेका छन् ।

सहसचिवहरूले सामान्य प्रशासनमन्त्री माधव पौडेललाई न्याय सेवाका प्रथम श्रेणीका अधिकारीलाई निजामती सेवाको सचिवमा समेत बढुवा गर्ने व्यवस्थालाई रोक्न तत्काल अध्यादेश ल्याउन माग गर्दै मंगलबार ज्ञापनपत्र दिने कार्यक्रम राखेका छन् । मन्त्रीलाई दिने ज्ञापनपत्रमा निजामतीका सबै सहसचिवले हस्ताक्षर गरिसकेको एक सहभागीले बताए । विभिन्न मन्त्रालय र निकायका नीति/निर्माण तहका सहसचिवहरूले दिनहुँ एक-एक घन्टा बढाएर दिनभर धर्ना दिने कार्यक्रमले सरकारको राजस्व संकलन, निर्वाचनको तयारीसहित नयाँ निर्णय गर्ने कार्य अवरुद्ध हुने जानकारी एक अधिकारीले दिए । सहसचिव तहका अधिकारीहरू मुलुकमा पहिलोपटक आन्दोलनमा उत्रिएका हुन् । शाखा अधिकृत र उपसचिवहरूले समेत सर्वोच्चको फैसलाले आफूहरूको समेत वृत्ति विकास अवरुद्ध पार्ने उल्लेख गर्दै सहसचिवहरूको आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गरेका छन् । सर्वोच्चको आदेशलाई रोक्न मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई लिखित ध्यानाकर्षण गराउँदा पनि कुनै पहल नभए पछि निजामती सेवाका सहसचिवहरू आन्दोलनमा उत्रिनुपरेको जनाएका छन् ।

Source: ekantipuronline

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.