प्रेम कटवाल (खोटांग)
हाल कुवैत
अट्ने भए मेरो नेपाल,खोकिलामै राख्ने थिएं,
संभब भए ओथार्नलाई,जिउ फिँजाई ढाक्ने थिंए।
टिष्टा किल्ला काँगडाको,बेदनाको चित्कार सुन्दा,
प्राण साट्न मिल्ने भए,बलभद्र डाक्ने थिंए।
लाखै बत्ति बाल्ने थिंए,मठ-मन्दिरमा पूकार गर्दै,
साच्चै बरदान पाउने भए,सिंगो नेपाल भाक्ने थिंए।
नेपाल भूमी डुबाउन,दशगजामा बाँध बाँधे रे,
मिल्ने भए पाता फर्काई,कठघारामा जाक्ने थिंए।
फुट्तन्त्रको फाईदा उठाई,सर्बश्वनै लुट्न खोज्ने,
कुद्रिष्टी त्यो आँखा झिकी,मुटुको खुन चाख्ने थिंए।
मलार्इ त यो साह्रै मन पर्यो हामी फुटेर, लडेर, लोभी पापी देश द्रोही भएर न आज देशको अवस्था जर्जर भएको हो तपार्इ जस्तै सवैले ह्रदय देखि देश भक्ति भावना राखेर आआफ्नो ठाउवाट योगदान दियो भने अवस्य पहिलाको जस्तो ठूलो नेपाल भैागोलिक रूपमा प्राप्त गर्न नसकेनी शान्त समृव्दशाली विकसित र सुखी नेपाल पाउन सक्छैा। शुभकामना तपार्इको कलम बगीरहोस…………………………यस्तै रचना पढिरहन पाइयोस।