Daily Archives: 28/04/2013

आज देश रुँदा


प्रेम कटवाल (खोटांग)
हाल कुवैत

अट्ने भए मेरो नेपाल,खोकिलामै राख्ने थिएं,
संभब भए ओथार्नलाई,जिउ फिँजाई ढाक्ने थिंए।935344_3036141679216_77309735_n

टिष्टा किल्ला काँगडाको,बेदनाको चित्कार सुन्दा,
प्राण साट्न मिल्ने भए,बलभद्र डाक्ने थिंए।

लाखै बत्ति बाल्ने थिंए,मठ-मन्दिरमा पूकार गर्दै,
साच्चै बरदान पाउने भए,सिंगो नेपाल भाक्ने थिंए।

नेपाल भूमी डुबाउन,दशगजामा बाँध बाँधे रे,
मिल्ने भए पाता फर्काई,कठघारामा जाक्ने थिंए।

फुट्तन्त्रको फाईदा उठाई,सर्बश्वनै लुट्न खोज्ने,
कुद्रिष्टी त्यो आँखा झिकी,मुटुको खुन चाख्ने थिंए।

जग्गेबाटै लगनगाँठो गायव !


e791ab626e6785062374d45b25cc6e7f_Lकाठमाडौं –  दृश्य १, विवाहमण्डपमा हर्षोल्लास छ। छेउमा बाजाको तालमा नाच चलिरहेछ। जन्ती–लोकन्ती आ–आफ्ना झुन्डमा गफिँदै बिहे नियाल्दैछन्। दुलाहा–दुलहीलाई छेड हान्दै मण्डपको माहोल तताउनेको कमी छैन। सबै आ–आफ्नै सुरमा छन्। मण्डपमा एउटा अपरिचित (जसलाई लोकन्तीले जन्ती, जन्तीले लोकन्ती र कसैकसैले पुरोहितका सहयोगी ठानिरहेछन्) को सक्रियता हेर्नलायक छ। अग्लो, ख्याउटे अनुहार, क्याप लगाएको ऊ दुवै पक्षलाई सहयोग गरिरहेको छ। यसो गर्नुस्, उसो गर्नुस् भनेर खटनपटनसमेत गर्दैछ। यत्तिकैमा खाने समय भयो, सबै भोजभतेर खान–खुवाउन व्यस्त भए। पढ्नेक्रम जारी राख्नुहोस्

चुनावको मितिः दल र सरकारका आ-आफ्नै दाउ


प्रमोद चौधरी
समाचार टिप्पणी – निर्वाचनको प्रयोजनका लागि प्रधानन्याधीशको नेतृत्वमा वनेको अन्तरिम चुनावी सरकार वनेको झण्डै डेढ महिना भएको छ । तर निर्वाचनको मिति घोषणा भएको छैन, न त निर्वाचन सम्वन्धी कानुनहरु नै पूर्ण भएका छन् । पुरानै कानुनअनुसार निर्वाचन गर्ने विषयमा दलहरुबीच सहमति भए पनि नयाँ-नयाँ विवादहरु सिर्जना भएका छन् । पुरानो कानुनअनुसार गर्ने कि केही संशोधन गर्ने भन्ने विषयमा अन्तिम निर्णय हुन सकेको छैन, न त दलहरुवीच त्यस’bout गम्भीर छलफलको सुरुवात नै भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

डिभिजन थ्रीको पहिलो खेलमा नेपाल अमेरिकासँग भिड्दै


१५ वैशाख, काठमाडौं । बर्मुडामा आजबाट सुरु भएको आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन थ्रीको पहिलो खेलमा नेपाल अमेरिकासँग भिड्दैछ । खेल नेपाली समय अनुसार साँझ सवा ७ बजेपछि समरसेट क्रिकेट क्लबको मैदानमा हुनेछ.600278_306423842820689_991016516_n

विश्वकप खेल्ने बाटोका रुपमा रहेको डिभिजन थ्रीमा नेपाल अमेरिकाविरुद्ध जित निकाल्दै सुखद सुरुवात गर्ने प्रयासमा हुनेछ । डिभिजन ५ र ४ को उपाधि जित्ने क्रममा नेपालले अमेरिकालाई नै पराजित गरेको थियो । ७ महिना अघि भएको डिभिजन ४ मा भएको भेटमा नेपालले समूह चरणमा ३२ रन र फाइनलमा ८ विकेटको जित निकालेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

८ करोडको चिठ्ठा पारेका डिल्लीराम भेटिएनन्


१५ वैशाख, काठमाण्डौं । दोहा विमानस्थलमा १० लाख अमेरिकी डलर (झन्डै ८ करोड ८७ लाख रुपैयाँ) चिट्ठा पर्ने नेपाली डिल्लीराम पराजुलीको खोजी हुन थालेको छ ।Dilliram-parajuli ‘ड्युटी फ्री’ को उक्त भाग्यशाली चिट्ठाले पराजुलीलाई बिहीबार करोडपति बनाएपछि स्थानीयबीच ठूलो चर्चा छ । डिल्लीरामको नेपालको पूरा ठेगाना पत्ता लागेको छैन भने उनी चिट्ठा दाबी गर्न अहिलेसम्म आएका छैनन् । पढ्नेक्रम जारी राख्नुहोस्