म मधेशवाटै चुनाव लड्छु : प्रचण्ड


क्रान्ति शाह
prachanda2-300x223१४ बैशाख, वीरगञ्ज- एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण नेपालको आर्थिक विकासकै एजेन्डामा केन्द्रीत रहने वताउनुभएको छ ।  प्रचण्डले भारतीय उच्चअधिकारीहरूसंगको भेटमा आफुले नेपालको जलविद्युत, रेल्वे सेवा र सडक स्तरोन्नतिका लागि सहयोग गर्न आग्रह गर्ने वताउनुभयो।
पर्साको पोखरीयामा शनिवार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो,’म आजै भारत जाँदै छु । भारत भ्रमणमा हुने उच्चस्तरिय भेटमा मैले नेपालको आर्थिक विकासकै एजेन्डालाई उठाउने छु ।’ आगामी निर्वाचनमा आफु मधेशबाट चुनाव लड्ने दोहर्‍याउँदै प्रचण्डले मधेशीको हक अधिकारका लागि आफु र आफ्नो पार्टी सधै संघर्षरत रहने प्रतिबद्धता पनि जनाउनु भयो । उहाँले मधेशी, मुश्लिम ,जनजाति लगायत पिछडिएका वर्ग र समुदायको हक अधिकार संविधानसभाले नै सुनिश्चित गर्ने भएकाले आगामी चुनावमा सहयोग गर्न सबैलाई आग्रह गर्नु भयो ।
प्रचण्डले जनातको संविधान जारी गर्नकै लागि भएपनि संघीयताको विषयलाई चर्कोरुपमा उठाउदै आएको एमाओवादीलाई जिताउनु पर्ने वताउनु भयो । प्रचण्डले संघीयता विरोधी दलले बहुमत ल्याउँदा फेरि पनि संविधान जारी हुन नसक्ने भएकाले एमाओवादीलाई बहुमत दिलाउनु पर्ने वताउनुभयो ।
२ सय जना एमाओवादीमा प्रवेश

पर्सामा एमाले, काँग्रेस, मधेशी जनअधिकार फोरम लगायतका पार्टीका झण्डै दुई सय कार्यकर्ता एमाओवादीमा प्रवेश गरेका छन् । एमाले पूर्व बारा जिल्ला सचिव प्रल्हाद गिरीको नेतृत्वमा काँग्रेसका पूर्व जिलला सभापति दिनानाथ प्रसाद शाह, सहित ५ हजार नेता तथा कार्यकर्ता शनिवार एमाओवादीमा प्रवेश गरेका हुन् । उनीहरुलाई बाराको पोखरियामा शनिवार आयोजित कार्यक्रममा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराउनु भएको हो । यस्तै बारा उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष एवम् काँग्रेस नेता जय प्रकाश अग्रवाल, नेपाली काँग्रेस निकट डा. निरज सिंह, डा. राम आशिष ठाकूर पनि एमाओवादीमा प्रवेश गर्नु भएको छ । पार्टी प्रवेश कार्यक्रमलाई एमाओवादीका मधेश ब्यूरो इन्चार्ज हरिबोल गजुेरेल, पोलिट्ब्युरो सदस्य रामचन्द्र झा, भोजपुरा संयोजक प्रभू साह, राम कुमार शर्मा लगायतले सम्बोधन गरेका थिए ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.