रेग्मीले प्रमुख निर्वाचन आयुक्तलाई सोधे- चुनावको तयारी कहाँ पुग्यो ?


१३ बैशाख, काठमाडौं – अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले निर्वाचन आयोगका पदाधिकारीहरुलाई चाँडोभन्दा चाँडो निर्वाचनको प्रक्रिया सुरु गर्न निर्देशन दिनुभएको छ । शुक्रबार बिहान आयोगका पदाधिकारीहरुसँगको छलफलमा रेग्मीले अहिलेको सरकार निर्वाचन प्रयोजनका लागि गठन भएको भन्दै तत्काल निर्वाचनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिनुभयो । उहाँले निर्वाचनको तयारी कहाँ पुग्यो ?, आयोगले जारी राखेको प्रक्रिया कहाँ पुग्यो ? भन्ने विषयमा जिज्ञासा राख्नुभएको उहाँका प्रेस सल्लाहकार विमल गौतमले जानकारी दिनुभयो ।

सरकार निर्वाचनको मिति तोक्ने तयारीमा रहेको भन्दै अध्यक्ष रेग्मीले त्यसअघि आयोगको तयारी’bout जानकार रहन खोजेको बताउनु थियो । उहाँले सरकार निर्वाचन प्रक्रियाका लागि तत्पर भएर लागेको स्पष्ट पार्दै उहाँले सरकारको ‘स्पिरिट’अनुसार काम गर्नसमेत आयोगलाई निर्देशन दिनुभएको थियो । उहाँले सरकारले निर्वाचनका लागि अत्यावश्यक मानिएका ऐन तथा नियम केही दिनमै पारित गर्ने जानकारीसमेत गराउनु भएको थियो ।

प्रमुख आयुक्त निलकण्ठ उप्रेतीले आयोगले एकाध बाहेकका स्थानमा मतदाता नामावली सङ्कलन तथा नागरिकता वितरणको कामलाई अगाडि बढाइरहेको र जनताले दुवै कामलाई अत्यन्तै सहजताका साथ सहभागी भएर सहयोग गरिरहेको जानकारी गराउनुभएको थियो । उहाँले सरकारले ऐन तथा नियम पारित गरिदिए अरु काम पनि अगाडि बढाउन सहज हुने धारणा राख्नुभएको थियो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.