कतारमा नेपालीले जिते ८ करोडको चिठ्ठा


Dilliram-parajuli१३ बैशाख, काठमाण्डौ – कतारको दोहास्थित अन्तराष्ट्रिय बिमानस्थलको ड्युटी फ्रि पसलमा खरिद गरेका नेपाली नागरिक डिल्लीराम पराजुलीले करिव ८ करोड ७० रुपैयाँ बराबरको चिठ्ठा जितेका छन । पराजुलीको १९२२ नम्बरको चिठ्ठाले बिहीवार १० लाख अमेरिकी डलर जितेको हो । लक्की ड्रमार्फत् छानिएको चिठ्ठामा यस प्रकारको रकम जित्ने पहिलो नेपाली भएको कतार ड्युटी फ्रिले जनाएको छ ।
कतार एयरवेजको प्रमुख कार्यकारी अधिकृत अकबर अल बकरले चिठ्ठाको बिजेता घोषणा गरेका थिए ।
कतार ड्युटी फि्रले सन् २००६ देखि संचालन गरेको ‘वन मिलियन डलर र्‍याफल’ सुरु गरेको थियो । यस्तो चिठ्ठा जित्ने पराजुली १२ ब्यक्ति हुन् ।

कतारको ड्युटी फि्रलाई लक्षित गरि सुरु गरिएको यो चिठ्ठा किन्न ९ सय ५० रियाल खर्च गर्नुपर्छ । दोहा बिमानस्थलमा उत्रने, त्यहाँ हुँदै अन्यत्र उड्ने र ट्रान्जिटमा बस्नेले पनि यस्तो चिठ्ठामा सहभागी हुन पाउँछन ।

एकैपटक ८ करोड ७० लाख रुपैयाँको चिठ्ठा जितेर भाग्य चम्काउने पराजुलीका ’boutमा विस्तृत बिबरण भने खुलाइएको छैन । यसअघि यो चिठ्ठा ८ जना भारतीय, दुई जना अमेरिकी र एक फिलिपिनोले हात पारिसकेका छन ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.