शिव पौडेल, कुवेत
कुवेतमा जती जती एन आर एन ए को अधिबेशन नजिकदै छ उती उती प्रतिस्प्रधी हरुको चापपनी दिन प्रती दिन बढीरहेको छ। यसै बिचमा नेपालकुवेत मज्दुर संघकी सचिव तारा पौडेलले एन आर एन ए उपाध्यक्ष पदको लागि उम्मेदवारी दिने घोषणा कुवेत नेपालडट कम लाई दिनुभएको छ। किन हजुर उपाध्यक्ष पदमा नै उम्मेदवारी दिन चाहनु हुन्छ भन्ने कुवेतनेपाल डट कमको सवालमा :एन आर एन ए को अधिबेशनमा महिलालाई नसमिटिएको भन्ने गुनासो राख्दै आफु उक्त पदमा उम्मेदवारी दिन लागेको बताउनु भयो । कुवेतमा महिला प्रती बड्दै गएको हिंसा र महिलाले भोग्दै आएको सास्ती प्रती आफु चिन्तित रहेको कुरा बताउदै उक्त पदमा रही आफुले भ्याए सम्म सक्दो सहयोग गर्ने प्रतिबद्दता जनाउनु भएको छ ।यसरी नै एन आर एन ए उपाध्यक्ष पदको लागि मनिस राइ, नवराज श्रेष्ठ र टिकाराम आचार्यले उम्मेदवारी दिने घोषणा पहिल्यै नै गर्नुभएको थियो ।
बुटवल निवासी तारा पौडेल कुवेतमा लामो समय देखी म्यानपावर ब्यबसायीमा काम गर्दै आएकी र नेपालकुवेत मज्दुर संघ कि सचिव पदमा २ वर्ष देखी कार्यरत हुनुहुन्छ।
एन आर एन ए को उपाध्यक्ष पदको लागि अर्को प्रतिस्प्रधी तारा पौडेल
This entry was posted in NRNA गतिविधि. Bookmark the permalink.