Daily Archives: 26/04/2013

कुवेतमा नेपाली नारीको पासपोर्ट बाटोमा भेटियो


 कुवेतनेपाल एडमिन

pp harayeko 001झापा जिल्ला लखनपुर गा.बि.स वार्ड नम्बर ४ ठेगाना भएकी नेपाली पासपोर्ट नम्बर ३४५०३१० भएको श्रीमती कल्पना बुढाथोकी नामको पासपोर्ट कुवेतनेपाल डट कमको संपर्कमा रहेको छ । फर्वानियाको गल्फमार्ट नजिकैको मस्जिदमा एक इजिप्सियन नागरिकले नेपाली पासपोर्ट बाटोमा फेलापारी नेपालीहरुलाई बुझाउनको निम्ती खोजतलास गर्दाको क्रममा पढ्नेक्रम जारी राख्नुहोस्

एन आर एन ए को उपाध्यक्ष पदको लागि अर्को प्रतिस्प्रधी तारा पौडेल


शिव पौडेल, कुवेत
538367_399901163389809_455137397_nकुवेतमा जती जती एन आर एन ए को अधिबेशन नजिकदै छ उती उती प्रतिस्प्रधी हरुको चापपनी दिन प्रती दिन बढीरहेको छ। यसै बिचमा नेपालकुवेत मज्दुर संघकी सचिव तारा पौडेलले एन आर एन ए उपाध्यक्ष पदको लागि उम्मेदवारी दिने घोषणा कुवेत नेपालडट कम लाई दिनुभएको छ। किन हजुर उपाध्यक्ष पदमा नै उम्मेदवारी दिन चाहनु हुन्छ भन्ने कुवेतनेपाल डट कमको सवालमा :एन आर एन ए को अधिबेशनमा महिलालाई नसमिटिएको भन्ने गुनासो  राख्दै आफु उक्त पदमा उम्मेदवारी दिन लागेको बताउनु भयो ।  कुवेतमा महिला प्रती बड्दै गएको हिंसा र महिलाले भोग्दै आएको सास्ती प्रती आफु चिन्तित रहेको कुरा बताउदै उक्त पदमा रही आफुले भ्याए सम्म सक्दो सहयोग गर्ने प्रतिबद्दता जनाउनु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

कतारमा नेपालीले जिते ८ करोडको चिठ्ठा


Dilliram-parajuli१३ बैशाख, काठमाण्डौ – कतारको दोहास्थित अन्तराष्ट्रिय बिमानस्थलको ड्युटी फ्रि पसलमा खरिद गरेका नेपाली नागरिक डिल्लीराम पराजुलीले करिव ८ करोड ७० रुपैयाँ बराबरको चिठ्ठा जितेका छन । पराजुलीको १९२२ नम्बरको चिठ्ठाले बिहीवार १० लाख अमेरिकी डलर जितेको हो । लक्की ड्रमार्फत् छानिएको चिठ्ठामा यस प्रकारको रकम जित्ने पहिलो नेपाली भएको कतार ड्युटी फ्रिले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

रेग्मीले प्रमुख निर्वाचन आयुक्तलाई सोधे- चुनावको तयारी कहाँ पुग्यो ?


१३ बैशाख, काठमाडौं – अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले निर्वाचन आयोगका पदाधिकारीहरुलाई चाँडोभन्दा चाँडो निर्वाचनको प्रक्रिया सुरु गर्न निर्देशन दिनुभएको छ । शुक्रबार बिहान आयोगका पदाधिकारीहरुसँगको छलफलमा रेग्मीले अहिलेको सरकार निर्वाचन प्रयोजनका लागि गठन भएको भन्दै तत्काल निर्वाचनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिनुभयो । उहाँले निर्वाचनको तयारी कहाँ पुग्यो ?, आयोगले जारी राखेको प्रक्रिया कहाँ पुग्यो ? भन्ने विषयमा जिज्ञासा राख्नुभएको उहाँका प्रेस सल्लाहकार विमल गौतमले जानकारी दिनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्