राजनीतिले ‘निजामती क्षेत्र अस्तव्यस्त’


काठमाडौं- मुख्य सचिव लीलामणि पौडेलले राजनीतिक दलका स्वार्थले कर्मचारी चल्दा निजामती क्षेत्र अस्तव्यस्त बनेको बताएका छन्।’निजामती कर्मचारी कुनै पनि राजनीतिक दलसँग आबद्ध नभई जनतालाई निष्पक्ष सेवा दिनुपर्ने विश्वव्यापी मान्यता छ,’ मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा बुधबार सञ्चारकर्मीसँग मुख्य सचिव पौडेलले भने, ‘यहाँ त कर्मचारीमै दलका दर्जनौं भ्रातृ संगठन छन्।’ सुशासन र सरकार मामिला रिपोर्टिङ गरिरहेका पत्रकारसँग अन्तक्रिया गर्दै उनले सबै कर्मचारीको साझा र निष्पक्ष ट्रेड युनियन हुनुपर्ने औंल्याए।

सरकारले मात्र चाहेर प्रशासन क्षेत्र सुधार्न नसक्ने उनको भनाइ छ। ‘कर्मचारी दलका पछाडि लाग्दा प्रशासनमा देखिएको समस्या हटाउन सजिलो छैन,’ उनले भने। ‘प्रशासन क्षेत्र चुस्त र प्रभावकारी बनाउन दलहरुसँग हिम्मत, नैतिकता र साहस हुनुपर्‍यो।’

जनताको सेवामा खटिएका कर्मचारी गुणस्तरीय सेवाप्रवाहमै केन्द्रित हुनुपर्ने उनले औंल्याए।

सुशासन प्रवर्द्धन गर्न सरकार लागिपरेको बताउँदै उनले सञ्चारकर्मी र सञ्चारगृहको सक्रिय सहयोग अपरिहार्य भएको बताए। ‘सुशासन प्रवर्द्धन सरकार र पत्रकारको एकै उद्देश्य हुनुपर्छ, त्यसैले एकले अर्कालाई सघाउँदै अघि बढ्नुपर्छ,’ उनले भने।

प्रशासनयन्त्रको सुधार निरन्तर चलिरहने विषय भएको र त्यसको थालनी कर्मचारी, सरकार, राजनीतिक दल र पत्रकारले आफैंबाट गर्नुपर्ने पौडेलको भनाइ थियो। सञ्चारमाध्यमले राम्रा कामको समर्थन गर्नुपर्ने जनाउँदै मुख्य सचिव पौड्यालले भने, ‘व्यक्तिको चरित्रमा दाग लाग्नेगरी एकतर्फी समाचार सम्प्रेषण नगर्नुस्, व्यावसायिक धर्म निर्वाह गर्नुस्।’

मन्त्रिपरिषद कार्यालयका सचिव कृष्णहरि बास्कोटाले ‘सरकार र सुशासन’ विषयक कार्यपत्र प्रस्तुत गर्दै सुशासन प्रवर्द्धन गर्न सरकारी स्तरबाट भएका काम’bout कार्यक्रममा जानकारी दिएका थिए।

कर्मचारीका कारण जनतामा निराशा बढ्दै गएको, प्रमुखले काम गर्ने, अरूले नगर्ने परिपाटीका कारण समस्या परेको बास्कोटाले औंल्याएका थिए। ‘प्रमुखले आफू काम गर्ने, अरूलाई नलगाउने गर्दा एकजनाको मात्रै कामको नतिजा देखिन्छ,’ उनले भने, ‘प्रमुखले कुशल व्यवस्थापन गर्ने, अरू सबैले काम गर्ने भयो भने राम्रो नतिजा देखिन्छ र जनताले सेवा पनि पाउँछन्।’

उनले सरकारी स्तरमा अभिलेख पद्धति दिनहुँ कमजोर हुँदै गएको र कर्मचारीमा अनुशासनहीनता र ट्रेड युनियन प्रवृत्ति बढेको बताए। ‘सेवाग्राही जनताको आँखामा सरकार र कर्मचारीको साख र पदीय नैतिकता गिर्दै गएको छ,’ उनले भने, ‘यसले कर्मचारीप्रति जनताको विश्वास, भरोसा दिनप्रतिदिन घट्दो छ।’

प्रशासनलाई जनताप्रति उत्तरदायी बनाउन केही सुधारका काम थाल्नुपर्ने उनले बताए। कर्मचारी राजनीति छाडेर जनमैत्री हुनसके मात्रै सुधारको थालनी गर्न सकिने बास्कोटाले बताए। त्यसका लागि जनतासँग सम्बन्धित सेवालाई अधिकतम रुपमा स्वचालित कम्प्युटर प्रणालीमा लैजानुपर्ने, सेवाग्राहीको भिड लाग्ने कार्यालयमा बिदाको दिन र २४ सै घन्टा सेवाप्रवाहको व्यवस्था मिलाउनुपर्ने उनले बताए।

अन्तर्क्रियाका सहभागी सञ्चारकर्मीले सार्वजनिक महत्वका सूचना प्रवाह तत्काल हुने व्यवस्था मिलाउनुपर्ने, सुशासनको अनुभूति भान्सा र सडकमा हुनेगरी काम अघि बढाउनुपर्ने, प्रशासनिक ढिलासुस्ती हटाउनुपर्नेलगायत सुझाव दिएका थिए।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.