भारतले सहयोग नगरे उसको सुरक्षा चिन्तामा नेपालले सघाउँदैन : अध्यक्ष दाहाल


सल्यान- एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले आफूले नेपालमा एमाले पार्टी छैन भनेर नभनेको दाबी गरेका छन् । सल्यानको वाफुखोलामा आज आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एमालेले काँग्रेससँग मिलेर चुनावमा गएपछि कम्युनिष्ट सिद्धान्त नरहने मात्र भनेको स्पष्ट पारे ।मैले त एमालेले कांग्रेससँग मिलेर चुनाव लडेमा सिद्धान्ततः एमाले कम्युनिष्ट रहने छैन भनेको हो, मेरो भनाइको आशय एमाले नै छैन भन्ने हैन,’ दाहालले भने। उनले आफूले नभनेको कुरालाई सञ्चार माध्यमहरूले गलत प्रचारप्रसार गरेको आरोपसमेत लगाए।। अध्यक्ष दाहालले आसन्न भारत भ्रमणको क्रममा नेपालको आर्थिक विकासका लागि कुरा उठाउने भन्दै भारतले सहयोग नगरेमा उसको सुरक्षा चिन्तामा सहयोग गर्न नसकिने बताए।
सल्यान, रुकुम र रोल्पामा वार्षिक हजारौँ क्विन्टल आलु उत्पादन हुने भएकाले आफूले सल्यानको वाफुखोलामा आलु अनुसन्धान केन्द्र स्थापनाका लागि पहल गर्ने आश्वासन दिए ।
कार्यक्रममा सो पार्टीका नेता जनार्दन शर्माले महाधिवेशनको कार्यनीति जनतासामु पुगेमा पार्टीप्रतिको भ्रम चिरिने दाबी गरे ।
जनयुद्धका बेलामा सल्यान, रुकुम र रोल्पाको महत्वपूर्ण भूमिका रहेको भए पनि पार्टीको शान्तिप्रक्रियापछि यस क्षेत्रमा ध्यान पुग्न नसकेको स्वीकार गरे । रासस

Source:Nagariknews

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.