बिरामीको पेटभित्र कपडा भेटियो


वीरगञ्ज- भारतको रक्सोलस्थित एक क्लिनिकमा पाठेघरको अप्रेशन गरिएको बिरामीको पेटभित्र कपडा फेला परेपछि वीरगञ्जनारायणी उपक्षेत्रीय अस्पतालमा ज्यान जोगाउने प्रयास भइरहेको छ। पर्साको रानीगञ्जरहरिया की ४२ वर्षीयाप्रभावती देवी गएको मार्च ३ मा सीमावर्ती रक्सोलस्थित डा. अहमद कलामको क्लिनिकमा पाठेघरको अप्रेशन भएको थियो। अप्रेशनपछि निरन्तरको पेट दुखाइले अचेत भएपछि बिहीबार वीरगञ्ज नारायणी उपक्षेत्रीय अस्पतालमा अर्को अप्रेशन गर्दा उनको पेटबाट कपडा निस्केको छ। सोमबार भाइजादोलाल पटेलले प्रभावतीलाई अस्पतालमा भर्ना गराएयता उनको अवस्था दिनप्रतिदिन बिग्रिँदै गएको थियो। अस्पतालका सर्जनले निर्णय गरेपछि साढे २ घण्टा लगाएर डा. चितरन्जन साहले बिहीबार अर्को अप्रेशन गरेका हुन्। बिरामीको पेटभित्र २५ सेन्टिमिटर लम्बाइ र त्यतिकै चौडाइभएको कपडा फेला परेपछि अप्रेशन दल आश्चर्यमा परेको थियो। ‘अप्रेशनको क्रममा रगत पुछ्न प्रयोग गरिने टेट्रा पेटभित्रबाट फेला परेको छ,’ डा. साहले नागरिकलाई भने,’त्यो कपडा र त्यसले गर्दा पेटको आन्द्रा कुहिएको पाइएको छ, २४ सेन्टी मिटर कुहिएको आन्द्रा काटेर निकालेका छौं, बिरामी खतरामुक्त रहेको अहिले नै भन्न सक्दैनौं।’ आन्द्रा कुहिएर प्वाल परेकाले पेटभित्र दिशा र पिसाबफैलिएर पेटको सम्पूर्ण प्रणाली बिग्रेको अवस्थामा जोखिमपूर्ण अप्रेशन गरिएको डा. साहले बताए। ४८ घण्टापछि मात्र बिरामीको अवस्था’bout यकिन गर्न सकिने उनको भनाइछ।
अप्रेशनमा आन्द्रा काटिएकाले बिरामीको दिशा गर्ने निकास अर्कैतिर निकालिएको छ। ६ हप्तापछि फेरि अर्को अप्रेशन गरीदिशाको निकास मलद्वारबाट जोड्नुपर्ने डा. साहले बताए। बिरामीका परिवारजन भने मर्माहित छन्। ‘डा. कलाम कहाँ दश हजार भारतीय रुपैया खर्च गरेर अप्रेशन गराएका थियौं, अप्रेशनपछि अवस्था झन बिग्रियो’, भाइजादेलालले भने, ‘आठ दिन भर्ना गर्दा पनि निको नभएपछि औषधि खादै गर्नु भनेर डाक्टरले फिर्ता पठाएका थिए, बीचमा फेरि लग्यौं, तर निको नभएपछि भर्ना गर्न यहाँ लिएर आयौं।’ उनी गाउँलेका सल्लाहअनुसार उपचारका लागि रक्सोल गएर यस्तो समस्यामा परेको बताउँछन्। डा. अहमद कलामको ‘प्रिस्किप्सन’ पूर्जीअनुसार उनी फिजिसीयन हुन्। नारायणी उपक्षेत्रीय अस्पतालका स्वास्थ्यकर्मी जैमोद ठाकुरले फिजिसीयनले अप्रेशन गरेकोमा अश्चर्य जनाए।
अप्रेशनपछि अस्पताको सर्जिकल वार्डमा भर्ना गरिएकी प्रभावतीको (अब्जरवेशन) विषेश देखरेखमा स्वास्थ्यकर्मी खटेका छन्। डा. साहको शब्दमा, ‘ज्यान जोगाउने प्रयास भइरहेको छ।’ अस्पतालको सर्जिकल युनिटले बिरामीको बिरामीको ज्यान बचाउन सम्पूर्ण प्रयास गरिरहेको उनले जानकारी गराए।

Source:nagariknews

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.