Daily Archives: 23/04/2013

चर्कियो एनआरएनएको राजनीति, सहमती नभए चुनावमा जाने सबैको उद्घोष


ईन्द्र भुसाल, कुवेत

64695_423115981110441_139385876_nबिशेषगरी बिकसित देशहरुमा बस्दै आएका नेपालीहरुको एकल हितको लागि गठन र कृयाशिल हुँदै आएको NRNA खाडी मुलुकमा रहेका मजदुरहरुको बिचमा हानथाप र समाजलाई बिभक्त गर्ने बलियो माध्ययम हुन सफल भएको छ । कुनै पनि पक्षबाट खाडी देशमा रहेका नेपालीहरुको हितमा नहुने दोहोरो नागरिकताको माग रटान लगाउदै आएको यो सस्थाको लागि पदकै लागि बिशेषगरी कुवेतमा देखिएको अवस्था प्रती नेपालीहरु चकित भएका छन भने अधिवेशनको मिती नजिकिदै जादा उमेदबारीको घोषणा पनि फेशबुक मार्फत गर्न थालेका छन । पढ्नेक्रम जारी राख्नुहोस्

चैतमा ४१ हजार नेपालीले रोजगारीका लागि मुलुक छाडे


airport१० बैशाख, काठमाण्डौ – गत चैत महिनामा बैदेशिक रोजगारीका लागि ४१ हजार ६ सय ४० जना नेपालीले मुलुक छाडेका छन् ।बैदेशिक रोजगार बिभागका अनुसार चैत महिनामा २५ हजार २ सय २६ नेपालीहरु पहिलोपटक बिदैशिक रोजगारीमा गएका छन भने १६ हजार ४ सय १४ जना घर बिदामा आएर फर्किएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

साउदीबाट फर्किएकी युवती बलात्कार गर्ने प्रहरीलाई ५ बर्ष जेल


pharsuram-basnet१० बैशाख, काठमाण्डौ- साउदी अरबबाट फर्किएकी युवतीलाई त्रिभुवन बिमानस्थलमा लुटेपछि बलात्कार गर्ने नेपाल प्रहरीका एक जवानलाई साढे ५ बर्षको जेल सजायँ सुनाइएकोछ ।सोमबार काठमाण्डौ जिल्ला अदालतले आरोपी पर्शुराम बस्नेतलाई दोषी ठहर गर्दै साढे ५ बर्षको जेल सजायँ सुनाएको छ । न्यायाधीश बिष्णुप्रसाद कोइरालाको एकल इजलासले पिडीत युवती सीता राईलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिन पनि आदेश दिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्