काठमाडौं, वैशाख ९ – दुई व्यापारीलाई अपहरण गरी रकम असुलेको अभियोग लागेका तीन प्रहरीमध्ये दुई जनालाई जिल्ला अदालतले पूर्पक्षका लागि कारागार पठाएको छ। अपहरणको योजनाकार र असुलेको रकमबाट भाग बुझेको भनी प्रहरी अनुसन्धानमा दाबी गरेका प्रहरी भने धरौटीमा छुटेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 22/04/2013
नेताको सभामा जनता बटुल्ल ‘होचाहोची’को सहारा
९ वैशाख, दाङ – चार बर्षसम्म संविधान, सुशासन र स्थिर सरकार दिन नसकेको अपजस खेपिरहेका दलहरुले आफ्ना राजनीतिक कार्यक्रममा जनसाधारण बटुल्लन नयाँ तरिका अपनाउन थालेका छन् । पछिल्लो पटक दाङ एमालेले विश्वकै होचा वयस्क चन्द्रबहादुर डाँगी, नेपालकी होची महिला ईश्वरीमाया छिनाल र लोकगायक बद्री पंगेनीको नाम प्रचार गरी आइतबार लमहीमा ठूलो ‘मास’ उतार्यो । एमाले क्षेत्रनम्बर १ ले गरेको आमसभामा पार्टीका बरिष्ठ नेता केपी शर्मा ओली, होचा डाँगी, होची छिनाल र गायक पंगेनी आउने जानकारी गराउन देउखुरी क्षेत्रमा दुईसातादेखि माइकिङ गरिएको थियो । प्रचारका लागि पाटर्र्लि सञ्चारमाध्यममा विज्ञापन पनि प्रकाशन/प्रसारण गरेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
साउदी जान अनलाइनमा रेकर्ड चाहिने
९ वैशाख, काठमाण्डौं – वैदेशिक रोजगारीका लागि साउदी अरब जाने कामदारको भिसामा स्टाम्पिङ भएको प्रमाणिकरण अनलाइनमा देखिएपछि मात्र अन्तिम श्रम स्वीकृति दिइने भएको छ । वैदेशिक रोजगार विभागले आइतबारदेखि सुरु गरेको अनलाइन अपडेट सिस्टममा भिसामा छाप लगाएको रेकर्ड हेर्न सकिने भएपछि यस्तो गर्न लागिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
अरबको भन्दा चटपटको कमाइ राम्रो
नरहरि सापकोटा, गोरखा, वैशाख ९ – महिनाको २० हजार रुपैयाँ कमाउन खाडी मुलुक जाने नेपालीलाई गतिलो पाठ बन्न सक्छ गोरखाका युवाले गर्दै आएको चटपट व्यापार। दुई वर्षयता केही युवाले फुटपाथमा चटपट बेचेर राम्रो कमाइ गरिरहेका छन्। गोरखा नगरपालिका १ बसपार्कका ज्ञानु विक चटपट बेचेर मासिक १० हजार रुपैयाँभन्दा बढी बचत गर्छन्। दिनभर ठेलामा चटपट बोकेर बजार चाहर्नु उनको दिनचर्या हो। ‘सबै घर खर्च टारेर मासिक १० हजार बचाउँछु,’ उनी भन्छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विविध