Daily Archives: 21/04/2013

साउदीमा मृत्युदण्ड हुन सक्ने खबरले रुवाबासी


पूर्ण बिके
तनहुँ, वैशाख ८ – जेठी छोरी ३० वषर्ीया शोभा परियार साउदी अरबको जेलमा मृत्युदण्डको फैसला कुरेर बसेको थाहा पाएपछि भिमाद ३, भावरका आमाबाबु बुद्धिसरा र भीमबहादुरलगायतका परिवार दिनरात रोएरै बस्ने गरेका छन् । उनीहरूले छोरी शोभालाई आममाफीसहित नेपाल फर्काउने पहल गर्न सरकारसँग माग गरेका छन् ।  दुई वर्षअघि मुम्बई हुँदै साउदी हिँडेकी छोरी शोभाले घर मालिकका २ वषर्ीय छोराको आफूबाट हत्या हुन पुगेकाले जेलमा भए पनि साहुले वैशाखसम्म नेपाल फर्काइदिन्छु भनेर औंठाछापसहितको कागजात बनाइसकेको चैत ३१ गते शनिबार फोनमा बताएकी आमा बुद्धिसराले बताइन् । उनले जेलमा परेकी छोरी शोभाले घरमा फोन गर्दा मृत्युदण्डको सजाय हुने’bout केही नभनेकाले आफूहरूले जटिल रूपमा नलिएको जानकारी दिइन् । पढ्नेक्रम जारी राख्नुहोस्

लोडसेडिङ अन्त्य हुन ९ वर्ष लाग्ने


electricity1बुढीगण्डकी आयोजनाको पर्खाई
८ वैशाख, काठमाडौं – बहुप्रतिक्षित बुढीगण्डकी परियोजना आउँदो ९ वर्षमा सम्पन्न भैसक्ने सरकारले दावी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव कृष्णहरि बास्कोटाले ६०० मे.वा.को वुढीगण्डकी जल विद्युत आयोजनाको स्थलगत अध्ययनमा यस्तो बताउनुभएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

पीयुलाई एलयु बनाउनु पर्ने माग


खगेन्द्र अधिकारी, ताप्लेजुङ, वैशाख ८ – संघीय विद्यार्थी युनियनले पूर्वाञ्चल विश्वविद्यालय (पीयु)लाई लिम्बुवान विश्वविद्यालय (एलयु) नामाकरण गर्नुपर्ने माग अघि सारेको छ। युनियनले त्रिभुवन विश्वविद्यालयमार्फत् सञ्चालित पूर्वी क्षेत्रका क्याम्पसहरुलाई यसै विश्वविद्यालय मातहत ल्याउन पनि माग गरेको छ। पूर्वी क्षेत्रका सबै क्याम्पसहरुमा आइतबार ज्ञापन पत्र बुझाउँदै युनियनले यस्तो माग गरेको हो। युनियन मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्को भ्रातृ विद्यार्थी संगठन हो। पढ्नेक्रम जारी राख्नुहोस्