स्याङ्जाको तारासिङ् स्मृतिकप भलिबल प्रतियोगितामा लालीगुराँस परिवार कुवेतका सदस्यहरुबाट सहयोग प्रदान


923031_571475282884999_7141960_nपोखरा, बैशाख ३ । “पुरानालाई सम्मान नयाँलाई प्रोत्साहन” भन्ने उद्घोषका साथ स्याङ्जाको चिसापानीमा नवौँ तारासिङ् स्मृतिकप भलिबल प्रतियोगिता–२०७० सुरु भएको छ । चैते दशैँको अवसरमा सुनगाभा युवा क्लब चिसापानी –४, गुर्जा, स्याङ्जाद्वारा आयोजित प्रतियोगितामा स्याङ्जा, तनहूँ र कास्कीका गरी कुल १६ टीम सहभागी भएका छन् । प्रतियोगितामा प्रथम हुने टीमले रु. तीस हजार, कप, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् भने द्वीतिय हुने टीमले बीस हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै सर्बोत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाईकर, लिफ्टर, ब्लकरका लागि पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । खेल सम्पन्न गर्नको लागि कूल दुई लाख खर्च लाग्ने कार्यक्रमका संयोजक मधु सिञ्जाली मगरले जानकारी दिए । खेलकूदको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका राष्टिय खेलाडी तथा रेफ्री टहलसिङ् थापालाई सुनगाभा युवा पुरस्कारबाट सम्मान गरीनुका साथै विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरुलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको क्लबले जनाएको छ । प्रतिभावान खेलाडी तारासिङ्को स्मृतिमा प्रत्येक वर्ष सुनगाभा युवा क्लबले भलिबल प्रतियोगिता सञ्चालन गर्दै आईरहेको छ ।

यसै शिलसिलामा कुवेतमा कृयाशिल रहेको संस्था लालीगुराँस साँस्कृतिक परिवार नेपाल-कुवेतले सहयोग स्वरुप चैत्र दशैँ चिसापानी महोत्सब-२०७० र तारा सिंग स्मृति बलिबल प्रतियोगिताको लागि परिवारका अध्यक्ष राजेन्द्र बिरहीको अध्यक्षतामा बसेको बैठकले नेरु १५ हजार पठाई सकेको छ भने जसमा सहयोगी दाताहरु निम्नानुसार रहेका छन ।

१) बि बि मल्ल ठकुरी – 18.500KD
२) राजेन्द्र बिरही – 5KD
3) डी बि लोप्चन – 5KD
४) माधब पौड्याल – 5KD
५) प्रेम कटुवाल – 2KD
६) ललित बि क – 2KD
७) प्रसान्त गुरुङ – 2KD
८) जुलांग तामांग – 1.500 KD
९) मिन अधिकारी – 1KD
१०) पुस्प वाइबा तामांग – 1KD
११) रबिन्द्र मगर – 1KD
१२) युबराज घिमेरे – 1KD
१३) सरोज चौधरी – 1KD
१४) रामु राई – 1KD
१५) संजय कुवर – 1KD
१६) कमल अधिकारि –  KD
१७) महेस्वर अधिकारि – 1KD
१८) बुद्धिमान तामांग – 1KD

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.