युरोपियन सर्वेक्षणमा कमल थापा चौथो


12-dal-ko-matकांग्रेस र एमाओवादी हाराहारी, एमाले तेस्रो स्थानमा
७ बैशाख, काठमाडौं – चुनावको मिति निश्चित नभए पनि कतिपय युरोपेली संघमा आवद्ध देशका कूटनीतिज्ञहरुले नेपालमा आगामी चुनावको परिणाम कस्तो आउला भन्ने सर्वेक्षण थालेका छन् । हालै गरिएको एउटा आन्तरिक सर्वेक्षणमा कमल थापाको राप्रपा नेपाल आगामी निर्वाचनमा चौथो शक्ति बन्ने निश्कर्ष निकालिएको युरोपेली संघनिकट स्रोतबाट थाहा भएको छ ।
युरोपेली संघ सम्बद्ध निकायले गरेको आन्तरिक सर्वेक्षणमा एकीकृत माओवादी पहिलो शक्ति बन्न सक्ने तर नेपाली कांग्रेससँग उसको दुरी खासै फरक नहुने निचोड निकालिएको बताइन्छ । एमालेलाई भने सर्वेक्षणले कांग्रेसभन्दा तल देखाएको छ । सर्वेक्षणमा मधेसी मोर्चाको स्थानमा अर्कै चौथो शक्तिको उदय हुने र सो स्थान राप्रपा नेपालले लिने दाबी गरिएको छ । युरोपेली संघले नेपालमा कुनै सानो राजनीतिक परिवर्तन देखिनासाथ आफ्ना मानिसहरुलाई सडकमै खटाएर सर्वसाधारणको राय बटुल्ने गरेको छ । त्यसरी लिइएको रायमा आधारमा उसले जनताको अभिमत बुझ्ने प्रयत्न गर्दै आएको छ । गएको फागुन अन्तिममा खिलराज रेग्मी मन्त्रिपरिषद अध्यक्ष बन्ने चर्चा चल्नासाथ युरुोपियन युनियनका अधिकारीहरुले रेग्मी’bout यसैगरी जनमत बुझेका थिए ।

युरोपियन दाबी तर्कसंगत देखिएन

विदेशी कूटनीतिक निकायले गरेको भनिएको सर्वेक्षणले कमल थापालाई चौथो शक्ति बन्ने देखाए पनि विगत संविधानसभाको चुनावमा थापाको दल १३ औं स्थानमा थियो । पहिलो स्थान प्राप्त गर्ने एमाओवादीले ३० दशमलव ५२ प्रतिहत मत पाएको थियो भने १ दशमलव ३३ प्रतिशत मत पाउने जनमोर्चा नेपालसँग एकीकरण भएपछि एमाओवादीको मत ३१ दशमलव ८५ प्रतिशत रहेको छ । दोस्रो शक्ति बनेको कांग्रेसले एमाओवादीको भन्दा झण्डै १० प्रतिशत कम अर्थात् २२ दशमलव ७९ प्रतिशत मत पाएको छ भने एमालेको मत २१ दशमलव ६३ प्रतिशत रहेको छ । मत प्रतिशतका आधारमा एमाले र कांग्रेस नजिक देखिन्छन् ।

एमाओवादीमा विभाजन आएको अवस्था भए पनि वैद्यपक्षीय एमाओवादीले विगतको जनमोर्चा नेपाललेजस्तै एकडेढ प्रतिशत मात्रै मत ल्याउने धेरैको अनुमान छ । ०५६ सालमा एमालेबाट विभाजित बनेको मालेले ६ प्रतिशत मत पाएको थियो । यो तथ्यांकका आधारमा कांग्रेस र एमाओवादी बराबरी हुने र एमाले पछि पर्ने भन्ने अनुमान युक्तिसंगत देखिँदैन । तर, एमालेका अशोक राईको दलले पहाडका जनजातिको भोट काट्ने र मधेसमा रामचन्द्र झाले एमालेको मधेसीको भोट काट्ने अनुमान गरिउको हुन सक्छ । कांग्रेसमा भने कुमार राईहरुले गरेको पार्टी परित्यागको प्रभाव एमालेमा जति नपर्ने उनीहरुले अनुमान गरेको हुन सक्छ ।

कमल थापाभन्दा राप्रपा र जनशक्ति अगाडि

विगत संविधानसभाको तथ्यांकलाई हेर्ने हो भने तेह्रौं स्थानमा रहेको कमल थापाको पार्टीले शून्य दशमलव ७४ प्रतिशत मत ल्याएको थियो । मुलुकको चौथो शक्ति बन्न कम्तिमा पनि ५/६ प्रतिशत मत ल्याउनुपर्ने हुनाले राप्रपा नेपाललाई चौथो शक्तिमा उम्लन सहज छैन । थापाको मत थोरै बढ्नसक्ने धेरैले अनुमान गरे पनि गुणात्मकै बढ्ने चाहिँ देखिँदैन । तर, विगतमा ५ प्रतिशत मत ल्याएको मधेसी जनअधिकार फोरम र ३ दशमलव ३५ प्रतिशत मत ल्याएको तमलोपाको भने मत प्रतिशत घट्ने धेरैको विश्लेषण छ । फोरम र तमलोपाको मत घट्यो भने नेपाल सद्भावनाले जस्तै १ दशमलव ६८ प्रतिशतमै चित्त बुझाउनेपर्ने हुन्छ र त्यो बेला मधेसी मोर्चाको कूल मत ३ /४ प्रतिशतमै सीमित हुन सक्छ । र, यस्तो भएको खण्डमा कमल थापाले ४ प्रतिशतमात्रै मत पाए पनि यसलाई चौथो शक्ति मान्न सकिन्छ ।

विगत चुनावको नतिजा हेर्दा पशुपति समशेरको राप्रपा एक्लैले ३ दशमलव १ प्रतिशत मत ल्याएको थियो । हाल राप्रपासँग एकताको प्रयास गरिरहेको सूर्यबहादुर थापाको जनशक्ति पार्टीले विगत संविधानसभामा कमल थापाको भन्दा ०२ प्रतिशत बढी अर्थात् शुन्य दशमलव ८७ प्रतिहत मत पाएको थियो । हाल थापा र राणाको साथ छाडेर केशरबहादुर विष्ट लगायतको टोली कमल थापाको पार्टीमा मिलेका पूर्वपञ्चका तीन पार्टीमध्ये कमल थापा अगाडि हुने धेरैले अनुमान गरेका छन् । अहिलेको चौथो शक्तिका रुपमा रहेको मधेसी मोर्चा कमजोर भएको अवस्थामा यसको फाइदा पूर्वराजावादीहरुले उठाउने विदेशी शक्तिको अनुमान हुन सक्छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.