ईन्द्र भुसाल, कुवेत
सानो क्षेत्रफल रहेको देश कुवेत त्यसमा पनि अन्य देशको तुलनामा थोरै नेपालीहरुको रोजगारीको थलो मानिने कुवेत नगरीमा नेपाली सँघ-संस्थाहरु भने प्रशस्तै छन । यस्तै नेपाली संस्थाहरु खुल्ने र कृयाशिल रहने क्रममा कुवेतमा फेरी अर्को नेपाली संस्था “लुम्बिनी समाज कुवेतको तदर्थ समिति” हालै गठन भएको छ । कुवेतमा रहेका लुम्बिनीवासीहरुलाई संगठित गर्दै नेपाललाई संसारमा चिनाउने शान्तीका दुत भगवान गौतम बुद्धको जन्मथलो लगायत बिभिन्न धार्मिक र प्राकृतिक सम्पदाहरुलाई जगेर्ना गर्न सहयोग पुराउने उदेश्यले लुम्बिनी समाज कुवेतको तदर्थ समिति गठन भएको तदर्थ समितिका सदस्य एवं पत्रकार नबराज पन्थीले जानकारी दिनु भएको छ ।
लुम्बिनी अञ्चलका ६ जिल्लाहरुबाट कुवेतमा आई बिभिन्न पेशामा आबद्ध रहेका नेपालीहरुलाई समेटिने जानकारी समेत दिंदै सदस्य पन्थीले नबगठित तदर्थ समितिमका सम्योजकमा राजु केसी, उप-सम्योजकमा टोपलाल पराजुली र सदस्यहरुमा नवराज पन्थी, मनोज काफ्ले, टेक बहादुर रासकोटी, डोलराज न्यौपाने, बेदप्रसाद पाण्डे, लोकनाथ राना, दोचन्द्र टण्डन, होम बहादुर खत्री, माया न्यौपाने, सोनिया परियार, राजीव थापा तथा रुपेन हमाल रहेको बताउनु भयो ।
यसैगरी लुम्बिनी क्षेत्रमा बसोबास गर्ने र हाल कुवेतमा रहनु हुने जो कोही पनि यस “लुम्बिनी समाज कुवेत” मा आवद्ध हुन सक्ने जनाईएको छ भने संपर्कको लागि निम्न नाम र नम्बर उपलब्ध गराईेको छ । यस संस्थाले तीन महिना भित्रमा सम्मेलन गरी कार्यकारिणी समिति चयन गर्ने पनि जनाएको छ ।
संयोजकः राजु के.सि – ९७६३६४५१
उप–संयोजकः टोमलाल पराजुली – ६६००७२०९
सदस्यहरु: नबराज पन्थी – ६७७२८०१३, मनोज काफ्ले मनसुन – ५५४०२४३७, टेक बहादुर रास्कोटी – ६६६३०४५३