Daily Archives: 20/04/2013

कुवेतमा अर्को संस्था लुम्बिनी समाज कुवेतको तदर्थ समिति गठन


ईन्द्र भुसाल, कुवेत

301667_10337सानो क्षेत्रफल रहेको देश कुवेत त्यसमा पनि अन्य देशको तुलनामा थोरै नेपालीहरुको रोजगारीको थलो मानिने कुवेत नगरीमा नेपाली सँघ-संस्थाहरु भने प्रशस्तै छन । यस्तै नेपाली संस्थाहरु खुल्ने र कृयाशिल रहने क्रममा कुवेतमा फेरी अर्को नेपाली संस्था “लुम्बिनी समाज कुवेतको तदर्थ समिति” हालै गठन भएको छ । कुवेतमा रहेका लुम्बिनीवासीहरुलाई संगठित गर्दै नेपाललाई संसारमा चिनाउने शान्तीका दुत भगवान गौतम बुद्धको जन्मथलो लगायत बिभिन्न धार्मिक र प्राकृतिक सम्पदाहरुलाई जगेर्ना गर्न सहयोग पुराउने उदेश्यले लुम्बिनी समाज कुवेतको तदर्थ समिति गठन भएको तदर्थ समितिका सदस्य एवं पत्रकार नबराज पन्थीले जानकारी दिनु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

स्याङ्जाको तारासिङ् स्मृतिकप भलिबल प्रतियोगितामा लालीगुराँस परिवार कुवेतका सदस्यहरुबाट सहयोग प्रदान


923031_571475282884999_7141960_nपोखरा, बैशाख ३ । “पुरानालाई सम्मान नयाँलाई प्रोत्साहन” भन्ने उद्घोषका साथ स्याङ्जाको चिसापानीमा नवौँ तारासिङ् स्मृतिकप भलिबल प्रतियोगिता–२०७० सुरु भएको छ । चैते दशैँको अवसरमा सुनगाभा युवा क्लब चिसापानी –४, गुर्जा, स्याङ्जाद्वारा आयोजित प्रतियोगितामा स्याङ्जा, तनहूँ र कास्कीका गरी कुल १६ टीम सहभागी भएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

अदालतबाट भागेका मुसर्रफ पक्राउ


image.phpएजेन्सी  – अघिल्लो दिन अदालतबाट फरार भएका पाकिस्तानका पूर्वसैन्य राष्ट्रपति पर्वेज मुसर्रफ फक्राउ परेका छन् । उनलाई प्रहरीले स्थानीय अदालतमा पेस गरेको छ । इस्लामावाद नजिकैको आफ्नै निवासबाट मुसर्रफ फक्राउ परेका हुन् । उनलाई अदालतले दुई दिन घरमै राखेर आतकंवादसम्बन्धी मुद्दा हेर्ने अदालतमा हाजिर गराउन आदेश दिएको छ । पूर्व शासक पक्राउ परेको पाकिस्तानमा यो पहिलो घटना हो । पढ्नेक्रम जारी राख्नुहोस्

युरोपियन सर्वेक्षणमा कमल थापा चौथो


12-dal-ko-matकांग्रेस र एमाओवादी हाराहारी, एमाले तेस्रो स्थानमा
७ बैशाख, काठमाडौं – चुनावको मिति निश्चित नभए पनि कतिपय युरोपेली संघमा आवद्ध देशका कूटनीतिज्ञहरुले नेपालमा आगामी चुनावको परिणाम कस्तो आउला भन्ने सर्वेक्षण थालेका छन् । हालै गरिएको एउटा आन्तरिक सर्वेक्षणमा कमल थापाको राप्रपा नेपाल आगामी निर्वाचनमा चौथो शक्ति बन्ने निश्कर्ष निकालिएको युरोपेली संघनिकट स्रोतबाट थाहा भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

ज्येष्ठ नागरिकले आगामी निर्वाचन बहिष्कार गर्ने


भक्तपुर, वैशाख ७- गत फागुन २४ गतेदेखि नियमित रुपमा धर्नामा बस्दै आएका ज्येष्ठ नागरिकले सरकारले संविधानमा उल्लेख गरेको ज्येष्ठ नागरिकको हकअधिकारलाई कार्यान्वयनमा नल्याएमा आगामी निर्वाचन बहिष्कार गर्ने बताएका छन्। ज्येष्ठ नागरिक हकहित सङ्घर्ष समितिले आज भक्तपुरको लोकन्थलीमा आयोजना गरेको पत्रकारसम्मेलनमा सङ्घर्ष समितिका पदाधिकारीहरुले देशभरका ज्येष्ठ नागरिकले निर्वाचन बहिष्कार गर्ने चेतावनी दिएका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्