Daily Archives: 19/04/2013

वैद्य टर्च बालेर पनि भेट्न नसक्ने अवस्थामा पुग्नेछन् : गजुरेल


सन्तोष सिंह, सर्लाही, वैशाख ६- एमाओवादी मधेस ब्युरो इन्चार्ज हरिबोल गजुरेलले नेकपा-माओवादी अध्यक्ष मोहन वैद्य टर्च बालेर पनि भेट्न नसक्ने अवस्थामा पुग्ने चेतावनी दिएका छन्। ‘पार्टी एकता गरेर वैद्यले भविष्य जोगाउनुको विकल्प छैन’, गजुरेलले भने-‘पार्टीमा नफर्के टर्च बाल्दा पनि नभेटिने स्थिति आउनेछ। उहाँको हालत मोहनविक्रम सिंहको जस्तै हुनेछ।’ पढ्नेक्रम जारी राख्नुहोस्

चुलो खर्च नचल्ने भो, के गर्ने ?


 नेपालमा ‘लेबर प्रोब्लम’ हैन, ‘म्यानेजमेन्ट प्रोब्लम’ व्याप्त छ ।

imageचैत १७ को कान्तिपुरमा पत्रकार लोकमणि राईले एउटा समाचार लेखे- ‘चुलियो चुलोको खर्च!’ ‘महिनापारि’ कहिल्यै नपुग्ने न्युनतम ज्याला थाप्ने श्रमिकका अप्ठ्यारा देख्दै/सुन्दै मन अमिलो पारिरहने निजी क्षेत्रका उद्योग व्यवसायमा क्रियाशील युनियनका हामीजस्ता युनियनकर्मीका लागि समाचार चाखलाग्दो थियो ।न सञ्चय कोष, नत कुनै दिन छुट्टी- जम्माजम्मी काम गरेको दिनको २ सय ३१ रुपैयाँ हातमा पर्नेहरूलाई महिनाको १५ हजार २ सय हातमा पर्ने वाणिज्य विभागका वरिष्ठ शाखा अधिकृतको चुलो चल्न मुस्किल परेको समाचार चाखलाग्दो हुने नै भयो पढ्नेक्रम जारी राख्नुहोस्