अभियुक्तहरुले ती महिलालाई इराक जाने पासपोर्ट पेन्टीभित्र लुकाउन लगाएका थिए
काठमाडौ, वैशाख ५ – इराकमा महिला बिक्री गर्न सक्रिय गिरोहका १० जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले विभिन्न मितिमा पक्राउ गरेका उनीहरुलाई बिहीबार सार्वजनिक गरेको हो । लेवनान लैजाने भन्दै इराकमा बेचिएर फर्किएकी महिलाले गरेको उजूरीको आधारमा प्रहरीले अभियुक्तहरु पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा मुख्य अभियुक्त ३३ बर्षीय कुमारी भन्ने फूलकुमारी महरा, ३८ बर्षकी दिलु भन्ने रामकुमारी राई, काभ्रेकी ४९ बर्षीय भुइसल लामा, २४ बर्षका अभिराज राई, २८ बर्षका हरि तामाङ, भोजपुरका ४२ बर्षीय कामी शेर्पा, ३३ बर्षीय डोमा शेर्पा, २४ बर्षका सोनम लामा, ५० बर्षीया आङ्गलम्बु शेर्पा र ४३ बर्षका बिक्रम राज श्रेष्ठ छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 18/04/2013
इराकमा महिला बिक्री गर्ने १० जना पक्राउ
Posted in अपराध समाचार
होन्डाले ल्यायो सबैभन्दा सस्तो बाइक ‘ड्रिम नियो’
नयाँ दिल्ली, वैशाख ४ (एजेन्सी) – जापानी कम्पनी होन्डाले भारतमा आफ्नो नयाँ मोटरसाइकल ‘ड्रिम नियो’ बजारमा ल्याएको छ। भारतमा यो सबैभन्दा सस्तो मोटरसाइकल हो। यसको मूल्य भारतमा ४३ हजार १५० छ। यसअघि ११० सिसी क्षमताको स्कूटर ‘डियो’ त्यहाँ सबैभन्दा सस्तो थियो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in थाहा पाईराखे राम्रो, विज्ञान प्रविधि
अब मिर्गौला, मुटु, रक्तचाप, मानसिक रोगका औषधि पनि निःशुल्क पाइने
काठमाडौ, – तपाईमा रक्तचाप छ तर त्यस विरुद्धको औषधि किन्न पैसा छैन भने चिन्ता नगर्नुहोस् ! स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब नसर्ने रोगहरू मिर्गौला, मुटु, रक्तचाप, मानसिक जस्ता रोगहरूको औषधि पनि निःशुल्क रूपमा वितरण गर्ने तयारी गरिरहेको छ । यसका लागि मन्त्रालयले आन्तरिक तयारी पूरा गरी आवश्यक बजेटका लागि अर्थ मन्त्रालयसँग पत्राचार गरेको छ । अर्थमन्त्रालयको स्वीकृतिपछि मन्त्रालयले निःशुल्क वितरण गरिने ती रोगका औषधिको वितरणसम्बन्धी नयाँ कार्यविधि मन्त्रिपरिषद्समक्ष प्रस्तुत गर्ने छ । मन्त्रालयका उच्च स्रोतका अनुसार नयाँ आर्थिक वर्षदेखि औषधि वितरणको कार्यसुरु गर्न मन्त्रालयले आन्तरिक तयारी गरिरहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in स्वास्थ्य शिक्षा
पूर्वलडाकुसँग टेलिस्कोपयुक्त राइफल
केपी ढुंगाना, काठमाडौं, वैशाख ५ – माओवादी पूर्वलडाकु र उनका तीन सहयोगी शंकास्पद आधुनिक हतियारसहित पक्राउ परेका छन्। काठमाडौं प्रहरीले जर्मनीमा बनेको सेमी अटोमेटिक (अर्धस्वचालित) राइफल र सिक्सर रिभल्बरसहित यमबहादुर थापालाई पक्रेको हो। थापासँग रहेको हतियार, सोको अनुमतिपत्र र हतियार बोकेर हिँड्न प्रशासनले दिएको छुट देखेर प्रहरी नै चकित छ। एकीकृत माओवादीले भने थापा अहिले पार्टीको सम्पर्कमै नरहेको जनाएको छ।
महानगरीय प्रहरी अपराध महाशाखा र बालाजु वृत्तका प्रहरीले नयाँ बसपार्क मित्रनगरस्थित थापाको डेरा छापा मार्दा २२ क्यालिबरको राइफल, ५३ राउन्ड गोली, २० र १५ राउन्ड गोली लोड हुने म्यागजिन फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख रणबहादुर चन्दले जानकारी दिए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
कांग्रेसमा जातीय संघीयताको दबाब
बालकृष्ण अधिकारी, काठमाडौं, वैशाख ५ – कांग्रेसमा जातीय संघीयतामा जान दबाब बढेको छ। पार्टीका असन्तुष्ट आदिवासी जनजाति नेताहरुले बुधबार कांग्रेस सभापति सुशील कोइरालालाई भेटेर जातीय पहिचानसहितको संघीयतालाई पार्टी धारणा बनाउन दबाब दिएका हुन्। पुगेका उनीहरुले नेता भीमबहादुर तामाङ नेतृत्वको समितिले बुझाएको प्रतिवेदन परिमार्जन गर्न माग गरे। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
वैद्यले पछ्याए प्रचण्डकै पदचाप
पदीय लडाइँमा दुबै माओवादी बराबर
५ बैसाख, काठमाडौं – प्रचण्ड र बाबुराम भट्टराई कम्युनिष्ट आदर्शबाट विचलित भएको भन्दै गतसाल साउनमा नयाँ पार्टी गठन गरेका मोहन वैद्य किरणले पनि अन्ततः आफ्नो पार्टीभित्र प्रचण्डकै नक्कल गर्न थाल्नुभएको छ । कार्यकर्तालाई थुम्थुम्याउन मोहन वैद्यले पनि प्रचण्डलेजस्तै केन्द्रीय कमिटी विस्तार गर्ने रणनीति ल्याएपछि वैद्य र प्रचण्डको संगठनात्मक कार्यशैलीमा समानता नदेखिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार