Daily Archives: 16/04/2013

तास सम्वन्धी रोचक जानकारी


p11035तास भनेर हामी तासलाई हेला गर्छौ, साँचो कुरा चाही तासलाई जुवाको रुपमा प्रयोग गरेर यसको दुरुपयोग गरेको हो, तासको वास्तविकता यस्तो छ।
यसमा चार रङ छन । यि रङहरुको अर्थ यसप्रकार छ्:-
* पाना रङ रातो हुन्छ । यो वसन्त ऋतुको प्रतिक हो । पढ्नेक्रम जारी राख्नुहोस्

डाक्टरले भने : ब्रा बेकार छ, वक्षस्थल बिगार्छ


bra1फ्रान्सका एक स्पोर्टस् डाक्टरले महिलाले लगाउने ब्रा बेकारको चिज रहेको र महिलाले ब्रा लगाउन नहुने बताएका छन् । १६ वर्षसम्म महिलाहरुको अध्ययनबाट निस्केको निष्कर्ष भन्दै ६२ वर्षका ज्याँ डेनिस रुइलाले ब्रा ले स्तनलाई सुन्दर राख्ने नभै उल्टै ब्रा लाई सुडौल राख्ने तथा सुन्दर बनाउने मांशपेशीलाई कमजोर बनाउँछ । अर्थात् ब्रा लगाउँदा वक्षस्थल कुरुप तथा खुकुलो बन्दछ ।
एक रेडियो अन्तरवार्ताका क्रममा उनले भनेको यो कुराले अहिले निकै चर्चा पाएको छ । रुइलाको अध्ययनमा समावेश गरिएकी २८ वर्षकी कापुचिन नामकी महिलाले आफुले ब्रा लगाउन छाडेपछि स्वतन्त्रताको अनुभुति गरेको बताइन् । ब्रा नलगाउँदा स्वास फेर्न तथा जिउलाई सिधा राख्न तथा कम्मरको दुखाई क मगर्न पनि सघाउ मिलेको उनको भनाइ छ । पढ्नेक्रम जारी राख्नुहोस्

चार प्रधानमन्त्रीले बाँडे ७० करोड


३ बैशाख, काठमाण्डौं – गणतन्त्रको घोषणापछि बनेका सरकारले राज्य कोषको अधिकांश रकम अनियन्त्रित रुपमा दलका नेताकार्यकर्तालाई बाँडेको पाईएको छ । २०६५ भदौ ९ गते गणतान्त्रिक सरकार गठन भएदेखि गत फागुनसम्ममा झन्डै ७० करोड रुपैयाँ यसरी बाँडिएको हो । यस अवधिमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले बरिष्ठ नेता माधवकुमार नेपाल, एमाले अध्यक्ष झलनाथ खनाल र एमाओवादी नेता बाबुराम भट्टराई प्रधानमन्त्री भए । पढ्नेक्रम जारी राख्नुहोस्

पूर्वकमलरीद्वारा पश्चिम तराईका पाँच जिल्ला बन्द


देवेन्द्र बस्नेत, दाङ, वैशाख ३ – ललितपुरमा कमलरी बसेकी दाङ लालमटियाकी एक बालिकाको हत्या गरिएको भन्दै जिल्लाका पूर्वकमलरीहरुले मंगलबार र बुधबार दुई दिन पश्चिम तराईका पाँच जिल्ला बन्द आह्वान गरेका छन्। बन्दका कारण दाङ लगायत पश्चिम तराईका बाँके, बर्दिया, कैलाली र कन्चनपुरको जनजीवन प्रभावित बनेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

अमेरिकामा आतंकवादी आक्रमण, तीनको मृत्यु, १४१ घाइते (साथमा तस्बिर र भिडियो)


APTOPIX Boston Marathon Explosionsवासिङटन, वैशाख ३ (एजेन्सी) – अमेरिकाको बोस्टनमा म्याराथुन भइरहेको स्थानमा भएको आतंकवादी बम आक्रमणमा अहिलेसम्म कम्तिमा तीन जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। घटनामा १४१ जना घाइते भएका छन्। ती मध्ये १७ जनाको अवस्था चिन्ताजनक रहेको सीएनएनले जनाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्