कुवेतको फर्वानियामा न्यु सनराइज नेपाली रेष्टुरेन्टको उद्घाटन


लामा भाई (इस्टमान वाइबा)

pic१५ अप्रिल २०१३, कुवेत । कुवेतमा बढ्दो नेपाली जन-घनत्वसँगै खुल्दै गएका बिभिन्न सामाजिक, साँस्कृतिक, जातिय या खेलकुदसँग सम्बन्धित संस्थाहरुसँगै व्यवसायिक क्षेत्रहरुमा समेत नेपालीहरुको संलग्नता बढ्दै गएको छ । कुवेतको फाहाहिल, मालिया र महबुल्ला जस्ता क्षेत्रहरुमा सिमित नेपाली रेष्टुरेन्टहरु खुलेर सञ्चालित रहेको अवस्थामा भर्खरै फर्वानियामा पनि नयाँ नेपाली रेष्टुरेन्ट “न्यु सनराइज नेपाली रेष्टुरेन्ट” खुलेको छ ।

प्रबासी भूमिमा नेपाली परिकारहरुको स्वाद मात्र लिनको लागि पनि बस या ट्याक्सी चढेर मालिया या फाहाहिल धाउने नेपालीहरुलाई अब फर्वानियामा पनि सुबिधा सम्पन्न नेपाली रेष्टुरेन्ट खुलेको छ । फर्वानियास्थित कुवेत एअरवयजको पछाडी र अल्घानिमको सिधा अगाडि पर्ने ब्लक ३, स्ट्रिट ६२ मा गत १२ अप्रिल २०१३, शनिबारका दिन रेष्टुरेन्ट ब्यबस्थापक सुमन लिम्बु र उहाँकी धर्मपत्नी लक्ष्मी लिम्बु(मोक्तान)को आठौं बर्षगाँठको अवसरमा नेपाली नयाँ वर्ष २०७० लाई स्वागत गर्दै उक्त न्यु सनराइज नेपाली रेष्टुरेन्टको समुद्घाटन भएको हो ।

नेपाली राजदूतावास कुबेतका दित्तिय सचिव अम्बिका जोशीले रिबन काटेर उद्घाटन गर्नु भएको रेष्टुरेन्ट उद्धाटन समारोहमा दूतावासका सहचारी भुवन पौडेल, एनआरएनए कुवेतका अध्यक्ष राजेन्द्र तामाङ, माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवका अध्यक्ष धर्मराज गिरी, मेनपावर एशोसियसनका सल्लाहाकार बम पुलामीमगर, समाजसेवी ईन्द्र पोखरेल, तामाङ घेदुङ कुवेतका महासचिब अमृत तामाङ, नेपाली चर्चका धर्मगुरु अगम सुब्बा, नेपालकुवेत डटकमका पत्रकार नबराज पन्थी, किराँत याक्थुङ चुम्लुङ कुवेतका अध्यक्ष शिव सुब्बा, खाडीन्यूजका पत्रकार लामा भाई (इष्टमान वाइबा) लगायत कारीब ४० भन्दा बढि नेपालीहरुको उपस्थिती रहेको थियो ।

न्यु सनराइज नेपाली रेष्टुरेन्टमा नेपाली परिकारका मात्र नभई इन्डियन, चाइनिज र फिलिपिनो स्टायलमा तयार पारिएका र अर्डर अनुसारको खानाहरु पनि उपलब्ध गराईने रेष्टुरेन्ट व्यवस्थापकहरुले खाडीन्यूजलाई बताएका थिए भने सो अवसरमा उपस्थित सबैलाई रेष्टुरेन्ट ब्यबस्थापक सुमन लिम्बु, लक्ष्मी लिम्बु(मोक्तान) र म्यानेजर बम बहादुर बिष्टले सम्मान गर्दै आफ्नै रेष्टुरेन्टमा तयार पारिएका विभिन्न नेपाली परिकारहरु म:म, सुकुटी, भुटन र अन्य पेय पदार्थहरुले भोजन गराईएको थियो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.