Daily Archives: 15/04/2013

चित्र

नेपाली राजदूतावास कुवेतको अत्यन्तै जरुरी सूचना !!


Embassy Notice

कुवेतको फर्वानियामा न्यु सनराइज नेपाली रेष्टुरेन्टको उद्घाटन


लामा भाई (इस्टमान वाइबा)

pic१५ अप्रिल २०१३, कुवेत । कुवेतमा बढ्दो नेपाली जन-घनत्वसँगै खुल्दै गएका बिभिन्न सामाजिक, साँस्कृतिक, जातिय या खेलकुदसँग सम्बन्धित संस्थाहरुसँगै व्यवसायिक क्षेत्रहरुमा समेत नेपालीहरुको संलग्नता बढ्दै गएको छ । कुवेतको फाहाहिल, मालिया र महबुल्ला जस्ता क्षेत्रहरुमा सिमित नेपाली रेष्टुरेन्टहरु खुलेर सञ्चालित रहेको अवस्थामा भर्खरै फर्वानियामा पनि नयाँ नेपाली रेष्टुरेन्ट “न्यु सनराइज नेपाली रेष्टुरेन्ट” खुलेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

लामो टेलिभिजन अन्तर्वार्ताको कीर्तिमान


image.phpकाठमाडौ, वैशाख २ – सञ्चारकर्मी रवि लामिछानेले विश्वको सबैभन्दा लामो टेलिभिजन अन्तर्वार्तामा विश्व कीतिर्मान बनाएका छन् । न्युज २४ टेलिभिजनमार्फत निरन्तर ६२ घन्टा १२ मिनेट अन्तर्वार्ता (टक शो) सञ्चालन गरेर लामिछानेले ‘गिनिज बुक अफ वल्र्ड रेकर्डस्’मा नाम लेखाएका हुन् । ‘गिनिज बुक अफ वल्र्ड रेकर्डस्’को मुख्यालयबाट आएका प्रवीण पटेलले शनिबार नै लामिछानेलाई वल्र्ड रेकर्डको प्रमाणपत्र दिए । रेकर्ड राखेपछि लामिछानेले यसलाई ‘व्यक्तिगत रेकर्ड राख्ने कुरा भन्दा पनि मुलुकलाई चिनाउने र बुद्घ नेपालमा जन्मेका हुन् भन्ने सन्देश संसारभर फैलाउने अभियान भएको बताए । पढ्नेक्रम जारी राख्नुहोस्

सिंहदरबारको स्वरुप परिवर्तन हुने


sihadarbar1-300x221२ बैशाख, काठमाण्डौं । परम्परागत भवन, बाह्रमासे फूलको बगैँचा, आधुनिक फुडकोर्ट, व्यवस्थित सार्वजनिक शौचालय र संकलित आकाशे पानी आपूर्ति व्यवस्था ! मुलुककै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको भावी तस्बिर यस्तै छ । सरकारले सिंहदरबारलाई सबैखाले सुविधायुक्त आकर्षक केन्द्र बनाउने परिकल्पनासहित यस्तो चित्र तयार पारेको हो । यसलाई बास्तविकतामा बदल्न प्रारम्भिक काम सुरु भइसकेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

आर्थिक विकास र आसन्न चुनाव नै मुख्य एजेण्डा : प्रचण्ड


पूर्ण बस्नेत, हङकङ, वैशाख २ – सात दिने चीन भ्रमणमा आएका एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री आइ पिङले सिचुवान प्रान्तको राजधानी चेङदुमा स्वागत गरेका छन्।   आइतबार साँझ तिब्बतसँग जोडिएको चीनको दक्षिण पश्चिम सहर उत्रिएका दाहाललाई लिन बेइजिङबाट उपमन्त्री पिङ, सहायकमन्त्री याङ यानयीसहित विदेश विभागको एसिया मामिला हेर्ने पाँच जनाको टोली चेङदु पुगेको थियो। पढ्नेक्रम जारी राख्नुहोस्