प्रेम कटवाल (कुवैत)
मिर्मिरेको उषा बनी आंउनु तिमी नँया साल,
आम्-नेपाली बीच गहिरो प्रिती लांउनु नँया साल।
ऊच्-निच र जात-भातको कालो धब्बा पर्नै लाग्यो,
“नेपाली एक”मूल मन्त्र ज’पांउनु तिमी नँया साल।
एक सुत्रमा बाँधिएर माँया-सद्भाब बाँड्छौं हांमी,
हरेक बर्ष खुशी हेर्न धांउनु तिमी नँया साल।
६०१ नारिएर”मियो बिनाको दांही” भा’छ,
छड़ी बनी सु-मार्गमा ध’पांउनु तिमी नँया साल।
एउटै जाती भाषा धर्म संस्क्रितीमा रम्छौ हांमी,
पूकार गर्छौं यस्तो नेपाल ब’नांउनु तिमी नँया साल।