एयरपोर्टका ट्याक्सीको मनपरी अन्त्य हुने विश्वास


sajha-bus-mainसाझा यातायातबाट हवाईयात्रुलाई समेत लाभ
१ बैशाख, काठमाडौं । १२ वर्षपछि राजधानीमा पुनः शुरु भएको साझा यातायातले काठमाडौंको सडकमा गुड्नेलाई मात्र होइन, हवाईजहाजमा उड्ने यात्रुलाईसमेत सहज र सुविधा बनाएको छ । कलंकी-कालिमाटी-बानेश्वर-तीनकुने-सिनामंगल हुँदै चल्ने रुट नंम्वर १ को साझा बस एयरपोर्टभित्र सम्म पुगेर सोही रुट र्फकने गर्छ । अहिलेसम्म अरु सार्वजनिक यातायात यसरी एयरपोर्टको मूलगेटबाट भित्र पस्न पाउँदैनथिए । जसको कारण देशबिदेश जाने यात्रुहरुले ट्याक्सीमा महंगो भाडा तिर्नुपर्ने बाध्यता छ । चक्रपथस्थित एयरपोर्टबाट हिँडेर विमानस्थलसम्मको दूरी टाढै भएकाले झोला र पोकापन्तुरा बोकेर पैदल हिँड्न सकिँदैन । बिमानबाट ओर्लेर र्फकनेबेलाको हालत पनि यही हो । त्यसमाथि एयरपोर्टका ट्याक्सीले जथाभावी मनपरी ढंगले पैसा असुल्ने गरेको भन्दै यात्रु हैरान हुँदै आएका छन् ।

ट्याक्सीको मात्र मनपरी रहेको एयरपोर्टमा ट्याक्सीपार्क भएको ठाउँसम्म साझाबस पुग्ने भएपछि यसले यात्रुलाई ठूलो राहत पुगेको छ । शनिबार औपचारिक उद्घाटन भएको साझाले आइतबार बिहानदेखि आफ्नो नियमित सेवा शुरु गरेको छ ।

2 responses to “एयरपोर्टका ट्याक्सीको मनपरी अन्त्य हुने विश्वास

  1. साझा बस ब्याबसायी लाई तालि,,,तालि,,ताली! मनपरी भाडा लिने एयर पोर्ट ट्याक्सी को भयो बिचल्ली,,,,,,,,
    फेरी एक चोटि ताली,,,,ताली,,,ताली! अझै पोखरामा ईन्टर नेशनल् एयर पोर्ट बनी दिये ,कती? खुशी हुन्थ्यौ हामी नेपाली !!

  2. yo sarai ramro kura ho. tesmathi pani airport to sundhara ra airport to balaju buspark rout thapne ho bhane jhanai sun ma sugandga hune thiyo bahira bidesh bata aaune haru ko lagi.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.