प्रचण्डको चीन भ्रमण त्रिदेशीय विकासमा केन्द्रीत : सापकोटा


Agni-Spkota३१ चैत, काठमाण्डौ । एकीकृत माओवादीका प्रवक्ता अग्नि सापकोटाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण आर्थिक विकासका एजेन्डामा केन्द्रीत हुने जानकारी दिनु भएको छ । सापकोटाले प्रचण्डको भ्रमण मूख्य गरी नेपाल, भारत र चीनवीचको सम्बन्ध सुधार गरी त्रिदेशीय आर्थिक विकासमा केन्द्रीत हुने समेत वताउनुभयो ।

शनिवार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा आयोजित नियमित पत्रकार सम्मेलनमा सापकोटाले प्रचण्डले पार्टी अध्यक्षको हैसियतले नभई उच्चस्तरिय राजनीतिक संयन्त्र संयोजकको हैसियतले चीन भ्रमणमा जान लागेको स्पष्ट पार्नु भयो । सापकोटाले भन्नुभयो,’प्रचण्डजीको भ्रमण माओवादी अध्यक्षको हैसियतले होइन । उच्चस्तरिय राजनीतिक संयन्त्रको संयोजकका हैसियतले हो । भ्रण्मणवारे अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले चीनलाई चिठी पठाइसक्नु भएको छ ।’

सापकोटाले असारमै चुनाव गर्ने गरी निर्वाचन आयोगमा पदाधिकारी नियुक्त गरेपनि असारमा चुनाव हुने स्थिति नदेखिएको वताउनुभयो । सापकोटाले भन्नुभयो,’असारमै चुनाव गर्नु पथ्र्यो । तर विभिन्न कारणले हुने स्थिति देखिएन । के कारणले निर्वाचन असारमा असम्भव भएको यसवारे सरकारले जवाफ दिनु पर्छ । ‘ सापकोटाले सरकारले जतिसक्यो चाँडो निर्वाचनको मिति तोक्नु पर्ने वताउनुभयो । सापकोटाका अनुसार चीन भ्रमणका क्रममा प्रचण्डले चीनका राष्ट्रपति, प्रधानमन्त्री लगायत उच्च पदस्थ कर्मचारीहरुसंग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.