ईन्द्र भुसाल ,कुवेत
कुवेत को नेपाली समाज मा बिभिन्न सामाजिक काम मा योगदान दिदै आएको सस्था नेपाल तमाङ घेदुङ कुवेत ले हिजो नेपाली नयाँ बर्ष २०७० को उपलछ्य मा शुभकामना आदान प्रदान सम्पन्ह गरेको जानकारी आएको छ
सस्था को चालिसौ पूर्ण बैठक को अबसर मा घेदुङ ले अर्को सामाजिक काम गरेको छ । अध्यक्ष राम बहादुर लामा (घलान )को अध्यक्षतामा बसेको बैठक महासचिब अमृत तमाङ ले सन्चालन गर्नु भएको थियो । सस्थाका बरिस्ठ सल्लाहाकार राजेन्द्र तमाङ ,गिता तमाङ ,श्याम लामा लगायत करिब तीन दर्जन कार्यसमितिका सदस्यहरु को उपस्थिती रहेको बैठक ले केही समय पहिला जाहरामा ठुलो धन राशी र मोबाईल समेत खोसेर अपरिचित हरुले लगेपछी तनाब मा रहेकी मिना तमाङ लाई करिब ५०० केडी सहयोग गर्ने र पोखराको मनिपाल अस्पातल मा उपचार गराउदै रहेकी यक महिलालाई ५१ केडी आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । कुवेत मा कार्यरत कृतिका गुरुङ ले तमाङ घेदुङ बाट आफ्नो आमाको उपचार को लागि सहयोग को अपेछ्या गरेकोले पीडित लाई सहयोग गरेको घेदुङ ले जनाएको छ ।स्थापना देखी हरेक साल मनाउदै आएको बुद्ध जयन्ती यो पटक पनि भब्य किसिमले मनाउने निर्णय गर्दै मिती र स्थान पछी तोक्ने जनाएको छ ।