काठमाडौं, चैत २९ (नागरिक) – गुन्डागर्दी र अपराधमा कहलिएका तीन जना अहिले महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा सँगै छन्। राजिव गुरुङ (दिपक मनाङे), विश्वक्रान्ति सिंह र सञ्जिव लामा (स्याल ठगी) र सार्वजनिक अपराधको अभियोगमा पक्राउ परेका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 11/04/2013
तीन ‘गुन्डा’ हनुमानढोका हिरासतमा
Posted in अपराध समाचार
Maid Cries For Justice

Posted in अपराध समाचार, English News
चुनावको मुखमा मधेसतिर ४ दलको चासो
एमाओवादी हर्षित, कांग्रेस विश्वस्त, एमाले अन्यौलमा, मधेसी त्रसित
२९ चैत, काठमाडौं । सरकारले चुनावको मिति तोक्न नसके पनि चार प्रमुख राजनीतिक दलहरुको ध्यान आकर्षक निर्वाचन सीटसंख्या रहेको मधेसतर्फ केन्दि्रत भएको छ । मधेसमा आफ्नो स्थिति राम्रो रहेको भन्दै एमाओवादी अध्यक्ष प्रचण्डले मधेसबाटै चुनाव लड्ने घोषणा गरिसकेका छन् भने नेपाली कांग्रेसले नवलपरासीको गर्मीमा महासमिति बैठक राखेर मधेसमा आफ्नो प्रभाव बढाउन खोजेको छ ।
मधेसको जनमत आफ्नो पक्षमा पार्ने अभियानमा एमाओवादी र कांग्रेसको तुलनामा एमाले र मधेसवादी दलहरु अलि पछाडि देखिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
नितालाई देखेपछि दर्शकले भने, ‘गाला रात्तै’
चलचित्र ‘नोटबुक’ को युनिटले सिनेमाको प्रचारका लागि नयाँ नयाँ उपाय अपनाइरहेको छ । केही दिन अघि निर्देशक योगेश घिमिरेले गोपीकृष्ण हलमा पुगी दर्शकलाई सिनेमाको अडियो वितरण गरेका थिए ।वुधबार भने चलचित्रका कलाकार र निर्माण युनिटले दर्शकसँग सिनेमाको ’boutमा अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको छ । काठमाण्डौको गोपीकृष्ण हलमा गरिएको कार्यक्रममा नायक जीवन लुइटेल, नव नायक सेन सापकोटा, नायिका निता ढुंगाना, निर्देशक योगेश घिमिरे, निर्मात्री प्रज्ञा जोशी पुगेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन
‘सुपरफास्ट’ राहदानी बाँड्ने तयारी
सुरेन्द्र पौडेल, काठमाडौं, चैत २९- ४८ घन्टाभित्र सेवाग्राहीलाई राहदानी उपलब्ध गराउन र पृष्ठ थप गर्न राहदानी विभागले नियमावली संशोधनको प्रस्ताव गरेको छ। राहदानी वितरणमा ‘साधारण’ र ‘द्रुत’ दुईथरी सेवा प्रदान गर्दै आएको विभागले तेस्रो सेवा ‘सुपरफास्ट’ थप्न राहदानी नियमावली, २०६७ संशोधन प्रस्ताव परराष्ट्र मन्त्रालयसमक्ष गरेको हो। हस्तलिखित राहदानी वितरण बन्द गरी मेसिनले पढ्न सक्ने राहदानी (एमआरपी) जारी गरेपछि विभागले दुईथरी सेवा उपलब्ध गराएको थियो- अपर्झट विदेश जानु पर्नेलाई दोब्बर दस्तुर (१० हजार रुपैयाँ) तिरी एक सातामा राहदानी लिन सक्ने द्रूत सेवा र पाँच हजार राजस्व बुझाएर राहदानी लिने साधारण सेवा।
‘तेस्रो सेवा थप्न नियमावली संशोधन प्रस्ताव पठाएका छौं,’ विभागका निमित्त महानिर्देशक राजेन्द्र पाण्डेले भने, ‘नियमावली संशोधन भए तेस्रो सेवाअन्तर्गत सेवाग्राहीले निवदेन दिएको ४८ घन्टाभित्र राहदानी पाउँछन्।’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार