तेह्रथुम, चैत्र २८ – सोल्मा ३ स्थित लसुनेमा झन्डै १ करोड रुपैयाँ लगानीमा वाइन उद्योग स्थापना भएको छ । उद्योगले यसै साता उत्पादन सुरु गरेको छ । तीनजुरे वाइन इन्डस्टि्रजले गाउँमा खेर गएका फलफूल संलकन गरी वाइन उत्पादन थालेको हो ।जिल्लामा वाइन उत्पादन गर्ने तीनजुरे पहिलो उद्योग हो । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 10/04/2013
लुकिछिपी बसेका कामदारलाई साउदीले ‘डिपोर्ट’ गर्यो
सुरेन्द्र पौडेल, काठमाडौं, चैत २८ – साउदी अरबले दुई सातामा हजारभन्दा बढी नेपाली कामदार नेपाल फर्काएको छ। थप ६ सय कामदारलाई यसै साता नेपाल फर्काउने तयारीमा साउदी रहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ। लामो समयदेखि लुकिछिपी बसेका नेपाली कामदारलाई साउदीले ‘डिपोर्ट’ गरेको हो। ‘दमाम क्षेत्रमा अवैध रूपमा काम गर्दै आएका ६ सय नेपाली कामदारलाई पक्राउ गरी साउदीले अहिले हिरासतमा राखेको छ,’ नेपाली राजदूत उदयराज पाण्डेले टेलिफोनमा भने, ‘उनीहरूलाई यो साता नै नेपाल फिर्ता पठाउने तयारी भइरहेको छ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
कांग्रेस महासमिति सदस्यमाथि विभेद, उडुस लाग्ने ठाउँमा सुताइयो
बालकृष्ण अधिकारी, त्रिवेणी, चैत २८ – यहाँ जारी कांग्रेस महासमितिको बैठकमा सहभागी महासमिति सदस्यले आफूहरुलाई आयोजकले भेदभाव गरेको गुनासो गरेका छन्। उनीहरुले पार्टीका केन्द्रीय सदस्यलाई सुविधासम्पन्न होटलको व्यवस्था गरेका तर सदस्यलाई भने त्रिपालमुनि सुताएको गुनासो गरेका छन्। महासमितिका सदस्यहरुले सुत्न समेत उचित व्यवस्था नगरेको भन्दै सभापति सुशील कोइरालासँग समेत गुनासो गरेका थिए भने केही महासमिति सदस्यले बन्दसत्रमा समेत आलोचना गरेका थिए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
Job Vacancy
A Leading International Financial Organization in Kuwait Invite applications for Nepalese Candidates for following Positions
1. Business Development Executive
2. Teller / Cashier
Requirements:-
1. Graduates preferably with experience in relevant fields
2. Computer Literate and Good English Communication Skill
3. Persons with transferable Visa (18 only).
4. Preferable Locations – Fahaheel, Mehbula, Mangaf, & Jahra
Send your CV with a recent passport size photograph to
hrkwt2011@gmail.com
Posted in Job Vacancy
युएईमा नयाँबर्षको अवसरमा बनभोज
उमाकान्त पाण्डे गाउंले
चैत २६ – दुबइ , गत शुक्रबार सम्युत्त अरव एमिरेट्स युएईको आबुधाबीमा भएको एक जमघटमा निकै नेपालीको उपस्थिती देखियो । उपस्थितीको सख्या हेर्दा नेपालमा गरिने ठुलै कार्यक्रमको झल्को मेटाउथ्यौ । “नेपाली मन नेपाली तन,’जहाँ हुन्छ-जती हुन्छ त्यही हाम्रो धन” भन्दै आँफैले घरमा बनाएका ल्याएका घुमेका सेलरोटी र नेपाली अचारले उपस्थित पाहुनालाई नेपालमै पुगेको महसुस गरायो । यस् जमघटको साइत भने नेपाली जनसम्पर्क समिति युएईले जुराएको थियो । नयाँसाल २०७० को आगमन सगै सबैमा मेलमिलाप र भाईचाराको सम्बन्ध बिकास र प्रगाढ होस् भन्दै जनसंपर्क समितिले बनभोज कार्यक्रम गरि नयाँबर्षलाई अग्रिमरुपमा खाडीमा स्वागत गर्नका लागि यती धेरै चाजो पाजो मिलाइएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार