प्रेम कटवाल (कुवैत)
कोही आफ्नो छैन आमा यँहा सात समुन्द्र पारी,
दु:खका दिन काटि रा’छु दिन-रात अश्रु धारा झारी।
समयमा न छ खान न त पाउछु निदमा सुत्न,
चर्को घाममा हान्छु गैंती भोको पेट मारी-मारी।
नजा बाबु भन्दा पनि तिम्रै पछि कुदिरहन्थे,
झल-झली देखीरहन्छु त्यही हाम्रो कोठे बारी।
थाहा छ तिम्रो आँशु झर्छ मेरो हालत बताँउ भने,
भन्दिन म टुट्या छैन पिठ्यु माथि अझै भारी।
दश मैना कोखमा बसी दश धारा दुध चुसेको छु,
त्यही भारा तिर्न भनि किन्देको छु राम्रो सारी।