मकवानपुर, चैत २७ – नारायणी यातायात व्यवसायी संघले मकवानपुरको पूर्वीक्षेत्रमा यातायात सञ्चालन गर्न ‘असुरक्षा’ भएको भन्दै सेवा बन्द गरेको छ। यातायातमा अवरोध गर्ने, सवारी चालक र सहचालकलाई नियन्त्रणमा लिने र हातपात हुनेजस्ता क्रियाकलापले असुरक्षित भएको भन्दै संघले आजबाट पूर्वीक्षेत्रमा यातायात सेवा बन्द गरेको हो। ६ दिनअघि ना.२.ख ७८८५ का बसचालक जयराम थापालाई हातपात गरेर यातायात अवरुद्ध गरेका थिए। आइतबार स्थानीय राजनीतिक दल, स्थानीयबासी र संघबीच सहमति भएको थियो। तर सहमतिपत्र च्यात्दै सोमबार नारायणीको २० वटा बसलाई स्थानीयले छतिवनको तीनतले र जुरेलीमा अवरोध गरेका थिए।
पटकपटक यातायात अवरोध, आक्रमणले असुरक्षा पैदा भएकाले पूर्वीक्षेत्रमा दैनिक सञ्चालन हुने लोकल बससेवा बन्द गर्नुपरेको संघका अध्यक्ष गोकर्ण पराजुलीले बताए। उनले सहज वातावरण नभएसम्म यातायात सञ्चालन गर्न नसकिने बताए।
असुरक्षा भएको भन्दै नारायणी यातायातद्वारा पूर्वीक्षेत्रमा सेवा बन्द
This entry was posted in नेपाल समाचार. Bookmark the permalink.