जय आलेमगर
०९ अप्रिल, २०१३ कुवेत । काउन्सिल अफ मिनिस्टर्स (SDFC) कुवेतले यहि आगामी १९ अप्रिल २०१३ शुक्रबारका दिन खुल्ला भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । नेपाली नयाँ वर्ष २०७० को आगमनलाई स्वागत गर्दै आयोजना गर्न लागिएको खुल्ला भलिबल प्रतियोगिताको अवसर पारेर सम्पूर्ण कुवेतवासी नेपालीहरु बिच शुभकामना सन्देश आदान-प्रदान गर्दै खेलको मनोरञ्जन दिने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ । कुवेतस्थित सम्पूर्ण नेपाली भलिवल टिमहरुलाई सहभागीताको लागि आव्हान गरिएको खुल्ला भलिबल प्रतियोगितामा बिदेशी टिमहरुले समेत सहभागीता जनाउने पनि आयोजकले जनाएको छ |
आयोजकबाट प्राप्त भएको सुचना र नियमावलीहरु निम्नानुसार रहेका छन ।
काउन्सील अफ मिनिस्टर्स
एस.डि.एफ.सी, कुवेत
मिति: ०९ अप्रिल २०१३
श्रीमान् टिम क्याप्टेन ज्यू
विषय : खुल्ला भलिवल प्रतियोगितामा सहभागी भइदिने ’bout ।
उपरोक्त सम्बान्धमा यहि आउँदो १९ अप्रिल २०१३ का दिन काउन्सील अफ मिनिस्ट्री एस.डि.एफ.सी जलिप क्याम्पमा नेपाली नयाँ वर्ष २०७० को उपलक्ष्यमा खुल्ला भलिबल प्रतियोगिता आयोजना गर्ने भएकोले उक्त भलिबल प्रतियोगितामा कुवेतमा अवस्थित विभिन्न कम्पनिमा कार्यरत भलिबल टिम र क्लबका खेलाडीहरु र खेल प्रेमी नेपाली दाजुभाई तथ दिदीबहिनीहरु यस भलिवल प्रतियोगितामा उपस्थित भई खेलको सोभा बढाई दिनु हुन हार्दिक अनुरोध गर्दछौं।
भलिबल खेल–स्थान र नियमहरु:
१) खेल अवधिमा रेफ्रि र लाईन्स म्यानहरुको निर्णय नै अन्तिम निर्णय हुनेछ । कसैले पनि रेफ्रिको निर्णयलाई उलङ्गघन गर्न पाईने छैन ।
२) खेल अवधिमा कुनै पनि खेलाडीले खेलको नियम विपरीत रेफ्रिलाई अवशब्द प्रयोग गरेको खण्डमा रेड कार्ड प्रादान गरिनेछ भने सो टिम ५ खेलाडीमा सिमित हुनेछ र रेड कार्ड प्राप्त खेलाडी अर्को एक म्याच खेल्न पाउने छैन ।
३) भलिबल खेल टिटि सिष्टम अनुरुप नकआउट चरणको आधारमा खेलाईने छ ।
४) कुनै पनि खेलाडीले दुई समुह (टिम) मा नाम दर्ता गरेको पाईएमा उक्त खेलाडीलाई कुनै पनि समुह (टिम) बाट खेलमा समावेश गराईने छैन ।
५) खेलको प्रतिस्पर्धामा भवितब्य पर्न गई घटन सक्ने घटना र आफ्नो समुहका खेलाडीहरुको गलत व्यवहार प्रति टिम मेनेजर र टीम क्याप्टेन स्वयंम उत्तरदायि हुनु पर्ने छ ।
६) कुनै पनि खेलाडी वा दर्शकले गैरकानुनी कार्य गरेमा, कुनै पनि खेलाडी मादक पदार्थ सेवन गरी खेलमा सरिक भएको थाहा हुन गएमा उक्त खेलाडीलाई टुर्नामेन्ट बाटै निलम्बन गरी आवश्यक स्थानिय कानुन बमोजिम कारवाहीको लागी कुवेतको सुरक्षा निकायमा हस्तान्तरण गर्न आयोजक समिति बाध्य हुनेछ ।
७) टाई सिट गोला प्रथाका दिन नै टिम क्याप्टेन र टिमको मेनेजरको सिभिल आई.डी. को फोटोकपि अनिवार्य रुपमा आयोजकलाई पेश गर्नु पर्नेछ ।
खेल हुने स्थान र समय:
मिति: १९ अप्रिल २०१३, शुक्रवार
स्थान: एस.डि.एफ.सी. क्याम, जलिब अल–सुवैख
समय: बिहान ठिक ७.०० बजे
टाईसिट: माबुल्ला सी साईडको भलिबल ग्राउण्डमा आगामी १२ अप्रिल, शुक्रबार ।
टिम दर्ता शुल्क: २० के.डी.
पुरस्कार: विजेता तथा उप–विजेता टिमलाई खसी, प्रमाण–पत्र, मेडल र ट्रफी प्रदान गरिने छ भने तृतिय टिमलाई ट्रफी प्रदान गरिने छ ।
पुनश्च: विगतका खेल तथा प्रोग्रामलाई मध्यनजर गर्दै यस भलिबल टुर्नामेण्टमा कुवेतको सुरक्षा निकायको उपस्थितीमा खेल खेलाईने हुँदा कुनै पनि गैर–कानुनी काम कारवाही नगरी दिनुहोला भनि खेलाडी तथा दर्शकहरुलाई आयोजक हार्दिक अनुरोध गर्दछ ।
सम्पर्क:
सेक्युरिटी कमाण्डर
क्या. कुल प्रसाद गुरुङ्ग – मोबाईल-९९१७२९९१
रुद्र के.सी. – ९९३५५१०८, बिष्णु थापा – ६६०३६९९५
good