चैत २६दाङमा एक महिलाले आफ्नी एक वर्षीया छोरीलाई बिष खुवाई हत्या गर्नुका साथै आफूले पनि सेवन गरी आत्महत्या गरेकी छिन्। जिल्लाको मानपुर २ सन्हेवाका २१ वर्षीया सानु चौधरीले आफ्नी छोरी र आफ्नै हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 08/04/2013
साउदीमा नेपाली युवतीको जीवनरक्षाको पहल
होम कार्की
काठमाडौ, चैत्र २६ – दोहा घरेलु कामका लागि साउदी अरब पुगेकी एक नेपाली युवतीले आफ्नै घर माल्किनीको दुई वर्षे बच्चाको हत्या गरेको स्वीकारेपछि उनलाई मृत्युदण्डको सजायबाट जोगाउन नेपाली दूतावासले कूटनीतिक पहल थालेको छ । यसका लागि दूतावासले स्थानीय गभर्नरबाट वार्ता थालेको छ । तनहुँकी परियार थरकी ती युवतीले पाँच महिनाअघि बच्चाको हत्या गरेको स्वीकार गरेकी छिन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
असारमा निर्वाचन सकिन्न : सरकार
प्रकाश तिमल्सिना, काठमाडौं, चैत २६ – अन्तरिम चुनावी मन्त्रिपरिषदले कात्तिक-मंसिरमा मात्र संविधानसभा निर्वाचन गर्ने संकेत गरेका छ। निर्वाचन आयोगको प्राविधिक तयारी नपुगेको र आन्दोलनरत दललाई सम्बोधन गरेर जानुपर्ने भएकाले त्यसअघि चुनाव सम्भव नभएको उसको विश्लेषण छ। सरकारले प्राविधिक, कानुनी र राजनीतिक कारण असारभित्र निर्वाचन गर्न सक्ने अवस्था नभएको अनौपचारिक जानकारी उच्चस्तरीय राजनीतिक समितिका शीर्ष नेताहरूलाई दिएको छ। यसमा सबै दलका शीर्ष नेता सहमत भएको मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीनिकट स्रोतले जनायो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
चुरोट खानेले पुरेत्याइँ गर्न नपाउने, टुपी र जनै अनिवार्य
२५ चैत, काठमाडौं – धर्म, संस्कार र संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने पण्डित, पुरोहित एवं ज्योतिषीहरुले जथाभावी गर्ने गरेको गुनासो बढेपछि उनीहरुको लागि आचारसंहिता तयार भएको छ । शुक्रबार र शनिबार राजधानीमा भएको प्रथम राष्ट्रिय पण्डित महासम्मेलनले आचार संहिता तयार पारेको हो । आचारसंहिता कडाईका साथ लागू गरिने राष्ट्रिय धर्मसभा नेपालका प्रवक्ता एवं संस्कृतिविद डाक्टर वासुदेव कृष्ण शास्त्रीले बताउनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in धर्म संस्कृती/परम्परा, नेपाल समाचार
मुम्बईमा भवन भत्किँदा एकै परिवारका ५ नेपालीको मृत्यु
२६ चैत, काठमाण्डौ । दुई दिनअघि मुम्बईको थाणेमा सात तले भवन भत्किंदा मृत्यु हुनेमध्ये ५ जना नेपाली रहेको खुलेको छ । भारतीय दैनिक पत्रिका टाइम्स अफ इण्डियाको अनलाइन संस्करणका अनुसार भवन भत्किएको ४० घण्टापछि एकै परिवारका पाँच जना नेपालीको शव बाहिर निकालिएको छ । मृत्यु हुनेमा ३२ बषिर्य मुजाहिद राजा, उनकी श्रीमति, दुई छोरी र ज्वाईं रहेका छन । उनीहरुको नेपालको ठेगाना भने खुलाइएको छैन । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार, प्रवासी समाचार
“मज्जा बेग्लै”
प्रेम कटवाल (कुवैत)
नशा सँगै बेहोशीमा रमाँउदाको मज्जा बेग्लै,
होश खुलेसी फेरी टाउको समाँउदाको मज्जा बेग्लै।
दुई दिनको जीबन हाम्रो मरी लानु के नै छ र? पढ्नेक्रम जारी राख्नुहोस्
Posted in कविता