अहिले पनि उत्तर कोरियालाई चीनले खुलेर समर्थन गरेको अवस्थामा समस्या जटिल बनेर जाने विश्लेषकहरु बताउँछन् ।
कृष्ण अधिकारी
सिंगापुर, चैत्र २५ – उत्तर कोरियाले पुरानो युद्धबिरामको औचित्य समाप्त भएको भन्दै दक्षिण कोरियासँग युद्धको औपचारिक घोषणा हुन मात्र बाँकी रहेको जानकारी दिएपछि सम्भावित युद्धको भयले विश्वलाई त्रसित बनाएको छ । आणविक अश्त्रसम्पन्न उत्तर कोरियाको यस्तो धम्कीले दक्षिण कोरिया मात्र नभएर अमेरिका अझ बढी सशंकित छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 07/04/2013
एसियामा मडारिँदै युद्धको कालो बादल
Posted in विश्व समाचार
नेपालका बिद्यालयलाई सघाउन कतारी ‘रोयल’को सगरमाथा यात्रा
२५ चैत, काठमाण्डौ । नेपालको शैक्षिक बिकाशमा सघाउने उदेश्यसहित कतारको राजपरिवारका एक सदस्य सगरमाथा आरोहण अभियानमा जुटेका छन । यसअघि नै बिश्वका अग्ला ६ वटा शिखर आरोहण गरिसकेका कतारी राजपरिवारका सदस्य शेख मोहम्मद बिन अब्दुल्लाह अल थानी सगरमाथा आरोहणका लागि शनिवार काठमाण्डौबाट लुक्लातिर लागेका छन । शिखर आरोहणमा उनका पुरानै चार सहयात्रीका साथ उनी केही दिनअघि काठमाण्डौ आइपुगेका थिए । जसमा प्यालेष्टाइन, लेवनान, युएईका तीन पुरुष साथी र साउदी अरेबियाकी एक महिला पनि छन । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
बन्दकर्ताले मोटरसाइकलको साँचो झिक्दा मोटरसाइकल नै गायव !
बनेपा, चैत २५ – काभ्रेको बनेपा र धुलिखेलमा बन्दकर्ताहरु बिहानैदेखि सवारीसाधन तथा पसलहरु बन्द गराउन तल्लीन छन्। उनीहरुले बीरगञ्जबाट बनेपा चल्ने ना४ ख २५२५ नम्बरको बसलाई बनेपामा तोडफोड गरेका छन्। उक्त बस यात्रु र सामान लिएर आज बिहानै बनेपा आइपुगेको थियो। यस्तै, बन्दमा चलाएको भन्दै बन्दकर्ताहरुले साँचो खोसेका बा३ प ६२२ नम्बरको मोटरसाइकल बन्दकर्ताहरुकै माझबाट हराएको छ। बनेपा र धुलिखेलमा नेकपा-माओवादीका कार्यकर्ताहरुले बन्दको नेतृत्व गरिरहेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार