कण्डममा सुगुरको मासु


condomबजारमा विभिन्न नामका कण्डम छन् । सबैका आ आफ्ना दाबी छन्, की उनीहरु नै सबैभन्दा बढि आनन्द दिनेवाला हुन् । धेरै ब्राण्डका कण्डमले आफ्नो प्रचारका लागि विभिन्न खाले हतकण्डा अपनाउँछन् । सम्भोगका बेला कुनै साधन नै प्रयोग नगरेझैँ आनन्द आउँछ भनेर समेत दाबी गर्छन् केहीले । तर उनीहरुको दाबी कत्तिको सही हो त्यो प्रयोग गर्नेले नै जान्ने कुरा हो ।

थरीथरीका कण्डमको होडमा फेरी अर्को ब्राण्डको कण्डम पनि उ्रत्पादन गरिएको छ । यौन जिवनलाई रोमाञ्चक बनाउन सुगन्धवाल कण्डम निर्माण गरिएको दाबी कण्डम निर्माता कम्पनीको छ । उसका अनुसार प्रयोगकर्तालाई मन पर्ने प्रकारको सुगन्धको कण्डम निर्माण गरिएको छ । तर यो कुनै फूलको सुगन्धवाला होइन । यो त सुँगुरको मासुबाट आउने सुगन्ध जस्तै गन्ध छर्ने कण्डम पो हो त ।

बेकन फ्लेवर्ड कण्डम नाम दिइएको उक्त कण्डम अमेरिकी जे एण्ड डी कम्पनीले बजारमा ल्याएको हो । यो कण्डम हेर्दा पनि सुगुरको मासुबाट बन्ने परिकार बेकन जस्तै देखिन्छ ।

रबर बाट बनेको यो कण्डमको गन्ध पनि त्यहीँ परिकार झैँ आउनेछ । सुगुरको मासुका पारखीहरुले आफ्नो रातलाई रंगीन बनाउन यो कण्डमको प्रयोग गर्ने विश्वास कम्पनीको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.